काठमाडौं । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन कोराना भाइरसबाट संक्रमित भएका छन् । गृहमन्त्री पिटरलाई शुक्रबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
गृहमन्त्री पिटरलाई बिहान उठेलगत्तै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाँदा उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
संक्रमण भएको पुष्टि भएलगत्तै गृहमन्त्री पिटर अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । अष्ट्रेलियामा कोरोना संक्रमण हुने डटन पहिलो सदस्य हुन् ।