२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृतावस्थामा फेला



अ+ अ-

डोटी । शिखर नगरपालिकामा पर्ने डा केआइसिंह राजमार्गको गेरुपानीको सडकमा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार वडा नं २ कठालीगाउँका अन्दाजी ६६ वर्षीय अनिल मल्ल डडेल्धुरा दिपायल जोड्ने डा केआइसिंह राजमार्गको गेरुपानी सडकको नालीमा मृतावस्थामा फेला पर्नुभएको हो ।

मल्लको टाउकामा चोट लागेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । टाउकामा चोट लागेका कारण आफन्तले उहाँको हत्या भएको आशङ्का गरेका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मल्ल डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजार जान्छु भन्दै घरबाट हिँड्नुभएको उहाँका आफन्तले जनाएका छन् ।