१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

‘निर्वाचनका सन्दर्भमा दलहरुलाई सुरक्षाकै चिन्ता’

‘निर्वाचनका सन्दर्भमा दलहरुलाई सुरक्षाकै चिन्ता’
अ अ+ अ-

काठमाडौँ । राजनीतिक दलहरुले सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले बिहीवार निर्वाचन कार्यतालिकाका सन्र्दभमा राजनितिक दलहरुसँग आयोजना गरेको छलफलमा दलहरुले सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाएका हुन् । जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले निष्पक्ष निर्वाचन हुनेमा विश्वास दिलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले राजनितिक दलहरुलाई विश्वासमा लिएर निर्वाचन गर्न आफूले आयोगलाई सुझाव दिएको बताउनु भयो । निर्वाचन आफैमा जटिल विषयवस्तु भएको उल्लेख गर्नुहुँदै उहाँले हाल देश नै जटिल अवस्थाको बेलामा हुन लागेकोको निर्वाचनलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामान्य निर्वाचनको बेलामा पनि देश अलि जटिल अवस्थामा हुन्छ, अहिले त अलि विषम परिस्थिति छ, देशको । जनताका विभिन्न चाहानाहरु छन् । परिवर्तनको चाहाना छ, विभिन्न चाहनाहरु देखापरेका छन्, यो सबै परिस्थितिमा गर्ने निर्वाचन स्वच्छ, निष्पक्ष, धाँदलीरहित हुनसक्नेमा निर्वाचन आयोग कति स्पष्ट छ, या ढुक्क छ । निर्वाचन आयोग ढुक्क छ भन्नेमा राजनितिक दलहरु जानकार हुनुप¥यो । त्यो स्थिति हो भने निर्वाचन गर्दा त केही कुरा भएन । त्यसकारण त्यो सवालमा पनि प्रश्नहरु उठेको छ । त्यसमा निर्वाचन आयोगले ध्यान दिनुपर्छ भन्ने विषय हो । संगै केही प्राविधिक कुराहरुलाई राजनितिक दलका केही अफ्ठ्याराहरु छ, राजनितिक दलहरुसंग संवाद गरेर दुईपक्षिय होला, तीनपक्षिय होला । ती कुराहरुलाई समाधान गरेर स्वच्छ, निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास आम जनतालाई हुनुपर्छ ।’

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सबै राजनीतिक दलसँगको सहमति र सुझावको आधारमा निर्वाचनको कार्यतालिका ल्याउनुपर्ने बताउनु भयो । निर्वाचनको लागि सरकारले र आयोगले सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताउनु भयो । आयोगले राष्ट्रिय सुरक्षा परिषद्सँग छलफल गरेर देशभरीको सुरक्षा व्यवस्थाको जानकारी लिनुपर्ने उहाँको भनाई छ । उहाले निर्वाचन अपरिहार्य भएको बताउनु भयो । उहाँले आयोगले सबै राजनितिक दलसँग छलफल गर्नुपर्ने बताउनु भयो । विदेशमा रहेका र नेपालभित्रै पनि एक क्षेत्रबाट अर्को क्षेत्रमा मतदान गर्ने पाउने कुरा उठेको उल्लेख गर्नुहुँदै उहाँले त्यस्तो गर्न नहुने बताउनु भयो । सम्बन्धित निर्वाचन क्षेत्रबाट मात्रै मतदान गर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । उहाँले निर्वाचनमा दलहरुबीच गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा रहेका नेपालीलाई मतदानको कुरा आएको छ । अनलाईनबाट गराउने कि हुलाकबाट गराउने ? खर्च कसले तिर्ने ? अनलाईन ह्याकिङ हुने सम्भावना छ । साथै नेपालभित्रै एउटा निर्वाचन क्षेत्रकालाई अर्को निर्वाचन क्षेत्रबाट मतदान गराउने कि भन्ने कुरो पनि सुझावमा आएको छ । यो पनि हुलाकबाट पठाएपनि पैसा लाग्ने भो, अनलाईनबाट गरेपनि ह्याकिङको संम्भावन छ, त्यसकारण देशलाई सन्तुलित विकास गर्ने, सम्बन्धित निर्वाचन क्षेत्रबाटै जनतालाई मतदान गराउने र उम्मेद्वार हुनेहरु जितिसकेपछि आफ्नो निर्वाचन क्षेत्र छोडेर आफू शहरतिर जान नपाउने व्यवस्था गर्नुपर्छ । चुनाव हुनुअघि आफ्नो निर्वाचन क्षेत्र बस्ने अनि जितिसकेपछि चाँही जनतालाई छाडेर आफू चाहीँ शहरतिर जाने यो चाँही गर्न हुँदैन ।’  

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले राजनितिक दलसंग प्रतिनिधि सभाको अन्तर्गतको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिका निर्वाचण प्रणालीको निर्वाचन कार्यतालिकाका बारेमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले दलहरुसँगको छलफलबाट अन्तिम रुप दिईसकेपछि राजपत्रमा प्रकाशित गर्ने बताउनु भयो ।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन, मतदाता नामावली लगायतका बारेमा छलफल गरिएको उल्लेख गर्नुभयो ।