३० श्रावण २०८३, शनिबार
,
Latest
इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकतावद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैनन्ः भिम रावल



अ+ अ-

काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिष्ट पार्टीलाई बलियोसँग उभ्याउन जरुरी रहेको बताउनुभएको छ ।

बुधवार नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै नेता रावलले यस्तो बताउनुभएको हो । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाई अगाडि बढाउनुपर्ने बताउनु भयो । उहाँले मुलुकको विकास र शान्ती सुव्यवस्थाका लागि कम्युनिष्टहरु एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो घरमा आगो लाग्यो आगो खायौं । तर म भन्छु  देशभक्त, प्रगतिशील कम्युनिष्टहरु एकतावद्ध र निस्वार्थ भएर र नेतृत्वले पनि देशभक्त पार्टी बनाउँछु भनेर कम्मर कसेन भने माफ गर्नुहोला मैे तपाईलाई तर्साएको होइन । अब हाम्रा क्षेप्यास्त्र खाने दिन धेरै टाढा छैनन् । त्यसैले नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाऔँ, क्षेप्यास्त्र रोकौं । बाहिरी हस्तक्षेप र देशलाई टुक्रिनबाट रोक्नको लागि नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाएर लैजानुपर्छ । खेत बाँझो हुन, युवाहरुलाई विदेश जानबाट रोकौं ।’

उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अंहकारका कारण तत्कालीन नेकपा नटिकेको आरोप पनि लगाउनु भयो । ओलीको अंहकारी र घमण्डी चरित्रकै कारण एमाले आज स्वर्गीय नेता मदन भण्डारीको परिवारको समेत हुन नसकेको टिप्पणी गर्नुभयो ।