७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

न्युनतम समर्थन मूल्य नतोकेसम्म कृषिलाई व्यवसायीकरण गर्न सकिँदैनः वीरेन्द्रबहादुर बस्नेत

न्युनतम समर्थन मूल्य नतोकेसम्म कृषिलाई व्यवसायीकरण गर्न सकिँदैनः वीरेन्द्रबहादुर बस्नेत
अ+ अ-

काठमाडौँ । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर बस्नेतले सबै कृषि उत्पादनको न्युनतम समर्थन मूल्य तोक्नुपर्ने बताउनुभएको छ ।

पार्टीले बुधवार ललितपुरमा आयोजना गरेको राष्ट्रिय कृषि कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका किसानलाई निर्वाहमुखी अवस्थाबाट निकाल्नका लागि न्युनतम समर्थन मूल्य निर्धारण अपरिहार्य भएको बताउनु भयो । न्युनतम समर्थन मूल्य तोकेपछि मात्रै कृषिलाई व्यवसायीकरण वा औद्योगीकरणतर्फ रूपान्तरण गर्न सकिने उहाँको भनाई छ । अहिलेको अवस्थामा किसान केवल निर्वाहमुखी मात्रै हुने उहाँले बताउनु भयो । कृषि उत्पादन धान, गेडागुडी, स्याउ लगायत सबैको मूल्य तोक्नका लागि उद्योग स्थापना गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

प्रथम उद्योग नखोली मूल्य कायम गर्न नसकिने उहाँले बताउनु भयो । उहाँले वर्षको एकपटक मात्रै फसल निस्कने हुँदा न्युनतम समर्थन मूल्य र औद्योगिक संरचना बिना कृषिलाई व्यवसायीकरण गर्न नसकिने उल्लेख गर्नुभयो । हाल सरकारले यान्त्रीकरण र शीतभण्डारणका नाममा सरकारले खर्बौं रुपैयाँ खर्च गरेपनि त्यसको प्रभावकारीता नदेखिएको उहाँको भनाई छ । उहाँले गतिशील लोकतान्त्रिक पार्टीको सरकार बनेपछि कृषि क्षेत्रमा लगानीको मूल्याङ्कन गर्ने र न्युनतम समर्थन मूल्य प्रणालीलाई संस्थागत रूपमा लागू गर्ने नीति लिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्युनतम समर्थन मूल्य नभईकन हाम्रो देशमा किसानहरु निर्वाहमुखी नै हुन्छन् । त्यसकारण न्युनतम समर्थन मूल्य तोकेपछि मात्रै हाम्रो कृषिलाई व्यवसायीकरण या औद्योगिकरणमा हामीले परिवर्तन गर्नसक्छौँ । तर न्युनतम समर्थन मूल्य तोक्नको लागि प्रथम उद्योग चाहीँ चाहिन्छ । धान, गेडागुडी या स्याउ जुनसुकै उत्पादनको होस्, त्यसको मूल्य तोक्नको लागि प्रथम उद्योग खोल्नुपर्छ । प्रथम उद्योग नखोली मूल्य कायम गर्न सकिँदैन । यो सघन कार्यक्रम नल्याईकन हाम्रो देशको कृषि उद्योग या कृषि व्यवसाय जहिलेपनि निवार्हमुखी नै रहिरहन्छ । किनभने वर्षको एकपटक मात्रै फसल निस्किन्छ । त्यसमा जुन अन्य कार्यक्रमहरु छ, यो त किसानमुखी मात्रै हो । अब पोलिसिका कुराहरु, अर्वौ, खर्वौ रुपैयाँ यान्त्रिकरणको लागी सहुलियत, शीत भण्डारणको लागी सहुलियत अरु सबै डुबेको पैसाहरु हो । त्यस विषयमा हामी हाम्रो सरकार बनेपछि त्यसको मूल्याङ्कन हुन्छ । किन सफल भयो या असफल भयो । हामी वर्षको खर्बौं रुपैयाँ कृषिमा लगानी गर्ने अनि हामी वर्षको ५ खर्ब रुपैयाँको कृषिजन्य उत्पादन आयात गर्ने । त्यसले के ग¥यो त भन्ने कुरा त अडिट त हुनुप¥यो नी ।’

उहाँले राजनीतिलाई व्यवसायीकरण गर्न खोजेको बताउनु भयो । उहाँले भ्रष्टाचार शुन्य व्यवस्था, रोजगारी र समतामुलक समृद्धिलाई आफूहरुले मूल एजेण्डा बनाएको जानकारी दिनुभयो । उहाँले आफूहरुको एजेण्डालाई युवाहरुले मन पराउने पनि दाबी गर्नुभयो ।