२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व साइकलयात्री शाहद्वारा लिखित ‘मृत सागरदेखि सगरमाथासम्म’ पुस्तक लोकार्पण



अ+ अ-

काठमाडौँ। विश्वभर साइकलमार्फत शान्ति, एकता र मानवीय सन्देश फैलाउँदै परिचित भएका विश्व साइकलयात्री पुष्कर शाहद्वारा लेखिएको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ आज लोकार्पण गरिएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा लेखक पुष्कर शाह र जेनजी युवा समूहका प्रतिनिधिले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो । लोकार्पित कृतिले विश्वभर नेपाली युवामा देशप्रेम, सहनशीलता र साहसको भावना जगाउने विश्वास व्यक्त गरियो ।

लेखक शाहले आफ्नो बाल्यकालदेखि विश्व साइकल यात्रासम्मको जीवनकथा यस पुस्तकमा समेटिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “मैले सानो गाउँमा बिताएको बाल्यकालदेखि लिएर विश्वभरिका देशमा साइकल चलाउँदासम्मका अनुभव, सङ्घर्ष र उपलब्धि यस पुस्तकमा लेखेको छु । यो केवल मेरो यात्रा होइन, विश्वभरका मानवताका साझा सपना र असिम सम्भावनाको कथा पनि हो ।”

पुष्कर शाहले सन् १९९८ देखि करिब ११ वर्षसम्म विश्वका १५० भन्दा बढी देशमा साइकल यात्रा गरी विश्व शान्तिको सन्देश फैलाउनु भएको थियो । उहाँले सगरमाथाको शिखरमा पुगेर विश्वका राष्ट्रहरूको झण्डा फहराउँदै ‘विश्व शान्ति’ को सन्देश पनि दिनुभएको थियो । रासस