१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्ससँग धेरै समस्या रहेको ट्रम्पको भनाइ



अ+ अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट धेरै समस्या भोगेको बताउनुभएको छ।

राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकी प्रसारक फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा फ्रान्समाथि अचानक कटाक्ष गर्दै भन्नुभयो, “हामीले फ्रान्ससँग धेरै समस्या भोगेका छौँ।”

अन्तवार्तामा फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमले अमेरिकी विश्वविद्यालयमा चिनियाँ विद्यार्थीको भर्नाबारे अमेरिकी राष्ट्रपतिमाथि गरेको प्रश्नको उत्तर दिने क्रममा फ्रान्सको प्रसङ्गलाई पनि जोड्नु्भएको थियो ।

भर्ना ेकिएका विद्यार्थीबारे उहाँले भन्नुभयो, “उनीहरू फ्रेन्च होइनन्, उनीहरू चिनियाँ हुन् । तिनीहरू हाम्रो जासुसी गर्छन्। उनीहरूले हाम्रो बौद्धिक सम्पत्ति चोर्छन्।”

उहाँले अगाडि भन्नुभयो, “तर के तपाईंलाई लाग्छ कि फ्रान्सेलीहरू ठीक छन् ? साँच्चै, म तपाईंलाई भन्छु, म त्यति विश्वस्त छैन।” बेइजिङसँग व्यापार युद्धमा फसेका ट्रम्पको फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोंसँग राम्रोसम्बन्ध छ।

गत सेप्टेम्बरमा म्याक्रोँले अमेरिकी नेतालाई फोन गरेर न्यूयोर्कमा राष्ट्रपति ट्रम्पको लस्करले उहाँलाई सडकमा रोकेको जानकारी दिनुभएको थियो।

तर यो जोडीको निकट सम्बनधमा यदाकदा समस्या पनि आएको पाइन्छ। ट्रम्पले म्याक्रोँको प्यालेस्टाइन राज्य र जलवायु नीतिको मान्यताको विशेष विरोध गर्नुभएको छ।

अमेरिकी नेताले युरोपलाई नेटोको माध्यमबाट आफ्नै रक्षाको लागि कोष बढाउन पनि दबाब दिनुभएको छ र म्याक्रोँले ट्रम्पलाई रुसको बिरूद्ध युक्रेनको सैन्य समर्थन कायम राख्न महाद्वीपको बहु–आयामी आकर्षण आक्रमणको हिस्सा हो।

फक्ससँगको अन्तर्वार्तामा ट्रम्पले चीनपछि फ्रान्सको कर नीतिमा पनि ध्यान केन्द्रित गर्नुभएको थियो । ट्रम्पले भन्नुभयो, “हामीले फ्रान्ससँग धेरै समस्याहरू भोगेका छौँ जहाँ हामी हाम्रो प्रविधिमा अनुचित कर लगाउँछौँ।”

ट्रम्पले यसअघि नै भेदभावपूर्ण डिजिटल कर लगाउने देशहरुमाथि थप करवृद्धि गर्ने बताउनुभएको थियो । इन्ग्राहमले ट्रम्पलाई आफ्नो प्रशासनको अगाडि र पछाडि विदेशी विद्यार्थीहरूको बारेमा सोधपुछ गरेपछि यो टिप्पणी सुरु भएको थियो। (रासस/एएफपी)