१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर कारोबार बढ्यो



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप गरेको छ ।

नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र निरन्तर कारोबार समयलाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरेको होे । नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले कारोेबार समय परिक्षणकोे रुपमा थपिएको र यसले बजारमा पार्ने असरको आधारमा फेरि परिमार्जन गर्न सकिने बताउनुभयो । उहाँँले शेयर कारोबारका लागि लगानीकर्ताले समय कम भएको गुनासो गरेकोे र अन्तर्राष्ट्रिय पूँजी बजारकोे समय बढी हुनेगरेकोे अवस्थामा नेपालमा पनि लगानीकर्ताको हितमा हुने गरी नेपाल धितोपत्र वोेर्डको निर्देशन अनुसार कारोबारको समय थप गरेको बताउनुभयोे ।

महाप्रवन्धक साउदले नेप्सेको कारोेबार समय बढ्दा बजारमा सकारात्मक फाइदा पुग्ने दावी समेत गर्नुभयो । उहाँले समय बढाउँदा कारोबार रकम अझ बढ्दा सक्ने अपेक्षा गरिएको बताउनुभयोे । तर कारोबार समय थप हुँदा बजारमा इण्डेक्स बढ्दा या घट्छ भन्ने प्रतिकृया दिन नहुने र कसैले दिए विश्वास नगर्न समेत आग्रह गर्नुभयोे ।

नेप्सेले कारोबार समय थप गरेसँगै तीन भागमा वर्गीकरण हुनेगरी कारोबारको समय निर्धारण गरेको छ । जस अनुसार प्रारम्भिक कारोबार समय १० बजेर ३० मिनेट देखि ११ बजे सम्म, बोलकबोल तथा निरन्तर कारोबार समय १ घण्टा बढाएर ११ बजे देखि ४ बजे सम्म र अन्तिम कारोबार ४ बजेर ५ मिनेट सम्म कायम गरेको हो । महाप्रवन्धक साउदले कारोबार समय थप गर्दा नेप्सेमा प्राविधिक रुपमा कुनै समस्या नरहेको समेत बताउनुभयो ।