२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई थप्पड हान्ने कुँवर पक्राउ



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ परेका छन्। कुँवरलाई शनिबार साँझ संसद् भवनको गेटबाट पक्राउ गरिएको हो ।

शनिबार साँझ जबर्जस्ती संसद भवन जान खोज्दा उनलाई पक्राउ गरिएको पक्राउ गरिएको प्रहरीले बताएको छ । त्यसक्रममा कुँवरले प्रहरीसँग झगडा गरेका थिए।

कुँवरले सोधपुछका क्रममा संसद छिर्नुको खास कारण नरहेको बयान दिएका छन्। पक्राउ परेका कुँवरलाई बानेश्वर वृत्तमा राखिएको छ।