१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरीले नगर-प्रहरी राख्ने



अ+ अ-

काठमाडौं । काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगर–प्रहरी राख्ने भएको छ । नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगर प्रहरी राख्न ऐन, कानून निर्माण भइसकेकाले अब आउने बैठकले निर्णय गरेर प्रहरी भर्ना गर्न लागेको जानकारी दिनुभयो । शुरुमा २५ जना भर्ना गर्न लागिएको छ । “चन्द्रागिरीले नगर प्रहरीका लागि आवश्यक पर्ने भ्यानसमेत खरिद गर्न लागेको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले दमकल र एम्बुलेन्स पनि खरिद गर्न लागेको छ । आवश्यक पर्ने दमकल, एम्बुलेन्स र नगर प्रहरी भ्यान खरिदका लागि चालू आर्थिक वर्षमा रु एक करोड ७० लाख रकम विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरीमा हुनसक्ने आगलागीका घटना तत्काल नियन्त्रणका लागि आवश्यक पर्ने दमकल खरिद गर्न लागेको जानकारी दिनुभयो ।

नगरपालिकाले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिका–८ नं वडामा १५ श्याको नगरस्तरीय अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । सोही अस्पतालमा बिरामी ओसारपसारका लागि एम्बुलेन्स खरिद गर्न लागिएको नगरप्रमुख गिरीले बताउनुभयो । यस्तै, नगरपालिकाले चालू आर्थिक वर्षमा नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । मुख्य सडकमा हुने दुर्घटनामा कमी ल्याउन आकाशे पुल निर्माण गर्न लागेको हो । काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेशद्वारसमेत निर्माण गर्न नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुङ्गा–कलङ्की सडकखण्डमा सिसिटिभीसमेत जडान गरिनेछ ।

सिसिटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज हुने भएकाले त्यसको लािग रु एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । चन्द्रागिरी वाग्मती प्रदेशको सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा छन् ।