२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले मुलुकमा निर्वाचनको विकल्प सोच्ने ठाउँ पनि छैनः खिमलाल देवकोटा



अ+ अ-

काठमाडौँ । संविधानविद खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता समेत रहनुभएका उहाँले निर्वाचनमार्फत प्रतिनिधि पुनःस्थापना गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको हो ।

मंगलवार नेपाल कानून समाजद्वारा काठमाडौंमा आयोजित प्रतिनिधि सभाको निर्वाचनः चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता देवकोटाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाएकाले त्यसभन्दा दायाँबायाँ सोचेर अघि बढ्न नमिल्ने तर्क समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘प्रतिनिधि सभाको विघटन भएको हो । त्यो प्रतिनिधिसभाको निर्वाचनमार्फत पुनःस्थापना गर्ने कुरा हो । दोस्रो कुरा, यो सरकारले निर्वाचन घोषणा गरेको पनि होइन । राष्ट्रपति फागुन २१ गते निर्वाचन गर्ने तपाईको जिम्मेवारी हो भनेर टिओआर दिनुभएको हो । यो सरकारले फागुन २१ गते चुनाव गर्नका लागि मन्जुर गरेर त्यो कुर्सी लिएर आएको हो । त्यसकारण त्यसभन्दा भिन्न ढंगले मैले सोच्ने ठाउँ छैन । त्यसकारण निर्वाचनमार्फत् प्रतिनिधिसभा आउने कुरा चाँही महत्वपूर्ण कुरा हो ।’

नेता देवकोटाले मुलुकलाई अघि बढाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासन व्यवस्था उपयुक्त हुने पनि बताउनु भयो ।