२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेना जीवाणुकाे संक्रमणबाट विश्वभर ६ हजार ४५५ काे मृत्यु, डेढ लाख बढी संक्रमित



अ+ अ-

काठमाडाैंः

प्राणघातक काेराेना भाइरसबाट विश्वका धनी, गरिब दुबै किसिमका मुलुकलाइ नराम्राेसँग प्रताडित बनाएकाे छ । चीनकाे हुबे प्रान्तबाट शुरू भएकाे याे राेगबाट मृत्यु हुने व्यक्तिकाे संख्या चैत २ गते साँझसम्म विश्वभर ६ हजार नाघेकाे छ । मृत्यु हुनेकाे संख्या दिनहुँ बढिरहेकाे र जटिल अवस्थामा रहेका व्यक्तिकाे संख्या अझै ५ हजारभन्दा बढी देखिएकाले मृतककाे संख्या अझ बढ्ने खतरा छ ।

पछिल्लाे विवरण अनुसार सबैभन्दा बढी व्यक्ति चीनकाे हुबे प्रान्तमै संक्रमित भएकाे पाइएकाे छ । यही कारण यहाँ मृतककाे संख्या र संक्रमित व्यक्तिकाे संख्या दुबै बढी छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार हुबेमा ८० हजार ८४९ जनामा संक्रमण देखिएकाे छ भने मृतककाे संख्या ३१९९ पुगेकाे छ । पछिल्लाे पटक यहाँ २५ जना नयाँ राेगी फेला परेका छन् भने १० जनाकाे मृत्यु भएकाे छ । शुरूका दिनमा क्वारेन्टाइनकाे विषयलाइ मानव अधिकारसँग जाेड्ने गरिए पनि चीनले काेराेना भाइरस फैलन नदिन गरेकाे प्रयासलाइ अहिले निकै सकारात्मक भन्न थालिएकाे छ । यही प्रकृया अरू देशमा पनि अबलम्बन गरिएकाे छ । इटाली र स्पेनले मुलुकलाइ लक्ड डाउन गरेका छन् अर्थात कसैलाइ पनि हिँडडुल नगर्न, भेला नहुन, बिरामी भए तत्काल खबर गर्न भनिएकाे छ ।

काेराेनाबाट दाेस्राे सर्वाधिक प्रभाव परेकाे मुलुक इटाली हाे । इटालीमा १,८०९ जनाकाे मृत्यु भइसकेकाे छ भने २४,७४७ जना संक्रमित छन् । यहाँ अाइतबार एकै दिन ३६८ जनाकाे ज्यान गएकाे छ भने ३,५९० जना नयाँ राेगी फेला परेका छन् । युराेपेली मुलुकहरूमा सबैभन्दा बढी वृद्धहरूकाे जनसंख्या रहेकाे इटालीमा काेराेनाकाे कहर थामिनसक्नु हुँदैछ । पछिल्लाे विवरण अनुसार अझै १,६७२ जना गम्भीर अवस्थामा छन् ।

इरानकाे अवस्था पनि उत्तिकै खतरापूर्ण देखिएकाे छ, र यहाँ पनि लगातार नयाँ राेगी फेला परिरहेका छन् । यहाँ १३,९३८ जना संक्रमित रहेका छन् । हालसम्म ७२४ जनाकाे मृत्यु भइसकेकाे इरानमा अाइतबार एकै दिन ११३ जनाकाे ज्यान गएकाे थियाे ।

युराेपेली मुलुकहरू स्पेनमा पनि परिस्थिति जटिल बन्दै गएका कारण सरकारले अापतकाल घाेषणा गरिसकेकाे छ । यहाँ २९२ जनाकाे मृत्यु भइसकेकाे छ । यस्तै जर्मनीमा ११, फ्रान्समा ९१, स्वीट्जरल्यान्डमा १४, बेलायतमा ३५, नर्वेमा ३, नेदरल्यान्ड्समा २०, स्वीडेनमा ३, बेल्जियममा ४, डेनमार्कमा २, अस्ट्रियामा १, ग्रीसमा ४, अायरल्यान्डमा २, पाेल्यान्डमा ३ काे मृत्यु भएकाे छ । यी देशमा काेराेना संक्रमितकाे संख्या दशाैं हजार पुगिसकेकाे छ ।

चीनकाे छिमेकी मुलुक दक्षिण काेरियामा ७५ जनाकाे मृत्यु भएकाे छ भने ८ हजारभन्दा बढी संक्रमित भएका छन् । जापानमा पनि २४ जनाले ज्यान गुमाइसकेका छन् । संयुक्तराज्य अमेरिकामा ६२ जनाकाे मृत्यु भएकाे छ भने ३,२८० जना संक्रमित भएका छन् । फिलिपिन्स, फिलिपिन्स र थाइल्यान्डसमेतका मुलुकहरू प्रभावित भएका छन् । छिमेकी मुलुक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशमा पनि काेराेनाबाट संक्रमित व्यक्ति भेटिएका छन् । भारतमा त २ जनाकाे मृत्यु भएकाे छ ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेराेना संक्रमणबाट अाफ्नाे मुलुकलाइ जाेगाउन युराेपका कुनै पनि मुलुकबाट मानिसलाइ अमेरिका प्रवेश गर्नबाट प्रतिबन्ध नै लगाउनु भएकाे छ । शुरूमा बेलायत र अायरल्यान्ड बाहेकका युराेपेली मुलुकका नागरिकमाथि प्रतिबन्ध लगाएका ट्रम्पले बेलायत र अायरल्यान्डमा पनि काेराेना संक्रमित व्यक्तिहरू भेटिएपछि अमेरिकाले नयाँ घाेषणा गरेकाे छ । अमेरिका, अस्ट्रेलिया समेतका कैयन देशले काेराेना प्रभावित मुलुकका नागरिकलाइ अाफ्ना देश प्रवेशमा राेक लगाइसकेका छन् ।