२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चलचित्रका अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन



अ+ अ-

काठमाडौं । भारतीय चलचित्रका चर्चित अभिनेता धर्मेन्द्रको निधन भएको छ । उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई हिजो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो र आगामी ७२ घण्टा उनको लागि निकै महत्त्वपूर्ण रहेको अस्पताल स्रोतले बताएको थियो ।

धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ । सोमबार राति छोरा सन्नी देओल अस्पताल बाहिर निकै भावुक देखिएका थिए ।

अर्का छोरा बबी देओल पनि आफ्नो चलचित्र ‘अल्फा’ को छायांकन छोडेर मुम्बई फर्केका छन् र बुबालाई भेट्न अस्पताल पुगेका छन् । शाहरुख खान, सलमान खान लगायत बलिउडका धेरै हस्तीहरू पनि सोमबार अबेर राति क्यान्डी अस्पताल पुगेका थिए ।

बलिउडमा ‘ही–म्यान’ को नामले चिनिने धर्मेन्द्रले ६ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोडेका छन् । उनको अन्तिम पटकको पर्दामा उपस्थिति डिसेम्बर २५ मा रिलिज हुने चलचित्र ‘इक्किस’ मा रहनेछ ।

उनको परिवारमा पत्नी हेमा मालिनी र ६ सन्तान छन् ।




भर्खरै