११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल

चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको पहल गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

चलचित्र विकास बोर्डले आज आयोजना गरेको ‘सांस्कृतिक रुपान्तर पुरस्कार–२०८२’ समारोहमा मन्त्री खरेलले चलचित्रको विकास, विस्तार र दिगोपनाका साथै चलचित्रकर्मीको बृहत्तर हितमा मन्त्रालयले नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले समाज रुपान्तरणका निम्ति नेपाली चलचित्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले चलचित्रकर्मी देशको परिवर्तनको शूत्रधार भएको पनि उल्लेख गर्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “देशको परिवर्तनको शूत्रधार चलचित्र क्षेत्र हो । जस्ले आफ्नो सम्पूर्ण जविन राष्ट्रको निम्ति बिताउनुभएको छ । तपाईँहरुको सामाजिक सुरक्षालगायत विषयमा राज्यले हेर्नुपर्ने हुन्छ ।”

चलचित्रकर्मीले ऐतिहासिक चलचित्र आमा माइतीघरलगायत देशको गाथा गाएर मातृभूमिको रक्षा गरेर राष्ट्रप्रतिको भाव दर्शाउन खेलेको भूमिकालाई बिर्सन नहुनेमा उहाँले जोडल दिनुभयो । “चलचित्र निर्देशन, अभिनय र कथावस्तुमार्फत समाजभित्रका कुरीति, अव्यवस्थाका विरुद्धमा चेतनाको विगुल फुक्ने नायक नायिका, निर्देशकलगायतमा नमन गर्दछु”, उहाँले भन्नुभयो ।

उहाँले चलचित्रकर्मी प्रेम, शान्ति, भावना र आत्मीयताको प्रतीक हुन् भन्दै चलचित्रकर्मीले जतिकै नेपालका राजनीतिक दल, प्रशासकहरुले गरिदिएको भए अहिले परिवर्तनले खोजेकोबमोजिम हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली चलचित्रमार्फत समाज रुपान्तरणको लागि खेलेको भूमिका र योगदानलाई मुलुकले कहिल्यै भुल्ने छैन भन्नुभयो । उहाँले भन्नुभयो, “देश र जनताको हितमा, नेपाली चलचित्र क्षेत्रको विकास र चलचित्रकर्मीका लागि आफ्नो कार्यकालमा राज्यको तर्फबाट के–के गर्न सकिन्छ कार्ययोजना ल्याउन मन्त्रालयका पदाधिकारिलाई आवश्यक निर्देशन दिएको छु, केही नीतिगत परिवर्तनमा गर्नुपर्ने कामबारे छलफल सुरु भइसकेको छ ।”

सञ्चारमन्त्री खरेलले नेपाली चलचित्र क्षेत्रमा समयसापेक्ष नवीनता र सिर्जनात्मक परिवर्तन आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला गाउँ समाजको देखेको, थाहा पाएको कथा गाथा र व्यथा पस्कने चलचित्र जगतमा आजकाल लुकेका कुरा, लुकाइएका विषय, नदेखिएका कुरा, भविष्यमा हुने विषयलाई कथावस्तु र गीत सङ्गीतमार्फत नेपालीको मन मस्तिष्कसम्म गुञ्जायमान गराउन सफल भएको छ, त्यसैले म सम्पूर्ण चलचित्रकर्मीलाई बधाई दिन चाहन्छु ।”

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकास, चलचित्रकर्मीको सामाजिक सुरक्षालगायत विविध विषयमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

सो अवसरमा सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा उल्लेखनीय योगदान पु¥याउने १५ जना चलचित्रकर्मीलाई नगद र कदरपत्रसहित सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेमा कलाकारहरु शिव श्रेष्ठ, सविता गुरुङ, तीर्थ थापा, हेमन्त बुढाथोकी, गायक एस कुमार, गायिका अन्जु पन्त, चलचित्र पत्रकार ध्रुव लम्साल, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बू, निर्देशकद्वय सम्झना रौनियार र युवराज लामा, निर्माता किशन पोखरेल, केशव भट्टराई (कलाकार–मरणोपरान्त), कलाकार नाजिर हुसेन, रिमेश अधिकारी र रेनीश फागो हुनुहुन्छ । सञ्चारमन्त्री खरेलले ती सबै पुरस्कार प्रदान गर्नुभयो । रासस