२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको प्रभाव: नेजाको सातौ अधिवेशन र १४ औं बार्षिक साधारण सभा स्थगित



अ+ अ-

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौ अधिवेशन १४ औं बार्षिक साधारण सभा स्थगित गरिएको छ । आउँदो मे २ र ३ तारिक कार्यक्रम न्यूयोर्कमा गर्ने भनिएता पनि विश्वभर स्वास्थक्षेत्रमा फैलिएको महामारी कोरोना भाइरसका कारण कार्यक्रम स्थगित गर्नुपरेको नेजाले विज्ञप्ती जारी गरी सबैमा अवगत गराएको छ । नेजाको अधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा गत सातादेखिनै नेजाका सदस्यहरु, सल्लाहकार, सरोकारवाला सबैबाट स्थगित गर्न सामाजीक सञ्जाल, फोनबाट पटक पटक अनुरोध गराईरहेको थियो ।

त्यसकारण यस्तो अवस्थामा अधिवेशन गर्नु वान्छनीय भए/नभएको विषयमा परामर्शका लागि मार्च १५ तारिक बिहान सल्लाहकारहरु सम्मिलत बैठक र साँझ सम्पन्न कार्यसमितिको बैठक बसेको थियो र बैठकले ‘कोरोना प्रकोप नियन्त्रणमा नआएसम्म र सरकारले सभा सम्मेलन गर्न स्विकृती प्रदान नगरेसम्मका लागि स्थगित गर्ने’ निर्णय गरेको हो । नेजाका नयाँ सदस्यताको लागि दरखास्त दिने समय हिजो साँझदेखि बन्द भएको छ ।

सदस्यता नवीकरण भने मार्च ३१ सम्म गर्न सकिने विज्ञप्तीमा उल्लेख छ । ‘प्रयास’ स्मारिकाको काम भने नियमित रुपमा समितिबाट अघि बढिरहने र लेख रचनाका लागि नेजाले पुनः आव्हान समेत गरेको छ । अमेरिकी सरकारले कोरोना भईरसका कारण स्वास्थक्षेत्रको संकटकाल समेत घोषणा गरेको छ र यस्तो अवस्थामा सभा सम्मेलनहरु नगर्न पनि निर्देशन दिएको छ ।