१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको प्रभाव: नेजाको सातौ अधिवेशन र १४ औं बार्षिक साधारण सभा स्थगित



अ+ अ-

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौ अधिवेशन १४ औं बार्षिक साधारण सभा स्थगित गरिएको छ । आउँदो मे २ र ३ तारिक कार्यक्रम न्यूयोर्कमा गर्ने भनिएता पनि विश्वभर स्वास्थक्षेत्रमा फैलिएको महामारी कोरोना भाइरसका कारण कार्यक्रम स्थगित गर्नुपरेको नेजाले विज्ञप्ती जारी गरी सबैमा अवगत गराएको छ । नेजाको अधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा गत सातादेखिनै नेजाका सदस्यहरु, सल्लाहकार, सरोकारवाला सबैबाट स्थगित गर्न सामाजीक सञ्जाल, फोनबाट पटक पटक अनुरोध गराईरहेको थियो ।

त्यसकारण यस्तो अवस्थामा अधिवेशन गर्नु वान्छनीय भए/नभएको विषयमा परामर्शका लागि मार्च १५ तारिक बिहान सल्लाहकारहरु सम्मिलत बैठक र साँझ सम्पन्न कार्यसमितिको बैठक बसेको थियो र बैठकले ‘कोरोना प्रकोप नियन्त्रणमा नआएसम्म र सरकारले सभा सम्मेलन गर्न स्विकृती प्रदान नगरेसम्मका लागि स्थगित गर्ने’ निर्णय गरेको हो । नेजाका नयाँ सदस्यताको लागि दरखास्त दिने समय हिजो साँझदेखि बन्द भएको छ ।

सदस्यता नवीकरण भने मार्च ३१ सम्म गर्न सकिने विज्ञप्तीमा उल्लेख छ । ‘प्रयास’ स्मारिकाको काम भने नियमित रुपमा समितिबाट अघि बढिरहने र लेख रचनाका लागि नेजाले पुनः आव्हान समेत गरेको छ । अमेरिकी सरकारले कोरोना भईरसका कारण स्वास्थक्षेत्रको संकटकाल समेत घोषणा गरेको छ र यस्तो अवस्थामा सभा सम्मेलनहरु नगर्न पनि निर्देशन दिएको छ ।