७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन आवश्यक वातावरण बनाउनुपर्छः विज्ञहरु

सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन आवश्यक वातावरण बनाउनुपर्छः विज्ञहरु
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका पूर्वपदाधिकारीहरुले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आयोगलाई सरकारले सबै खालको स्रोत साधनको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन सम्बन्धि परामर्श कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ड उप्रेती, पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङसहितका पूर्वपदाधिकारीहरुले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण बनाउनुपर्ने बताउनुभएको हो ।

उनीहरुले निर्वाचनको विकल्प नभएकाले सबै दलहरु सो निर्वाचनमा भाग लिने जिकिर समेत गर्नुभयो । सबै दलहरु लोकतन्त्रवादी भएकाले उनीहरु सबैले निर्वाचनमा भाग लिने पूर्व कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले दाबी गर्नुभयो । उहाँले निर्वाचनमा विदेशमा रहेका मतदाताहरुलाई पनि मत हाल्ने व्यवस्था हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताउनु भयो ।

पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त गुरुङले भन्नुभयो, ‘निर्वाचन आयोगले आफनो तर्फबाट राजनीतिक समस्या राजनीतिक वातावरण बनाउने काम सरकारको हो, राजनीतिक दलहरुको हो । दलहरु सबै लोकतन्त्रवादी छन । उनीहरु निर्वाचनबाट भाग्न सक्दैनन । जनताले निर्वाचनलाई उत्सवको रुपमा लिन्छन, पर्वको रुपमा लिन्छन । र, विदेशमा रहेका नेपालीहरुलाई पनि मतदान गर्न पाउने गरी तत्काल ऐन कानूनको व्यवस्था गर्नुप¥यो भनेर सुझाव दिएका छौं ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले निर्वाचन आयोगलाई आवश्यक सबै खालका स्रोत साधनको तत्काल उपलब्धता गराउनुपर्ने सुझाव आफूले दिएको बताउनु भयो । उहाँले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने धारणा समेत राख्नुभयो । पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले भन्नुभयो, ‘तोकिएको मितिमा निर्वाचन हुनुपर्छ । र आन्दोलनबाट आएका समूहले राखेका माग पूरा हुनेगरी निर्वाचनलाई मोडलिङ गर्नु पर्छ । त्यसका लागि इलेक्ट्रिक भोटिङ मेसिन र आई भोटिङ मध्ये के उपयुक्त हुन्छ त्यसमा पनि विचार गर्नुपर्छ । सरकारले निर्वाचन आयोगलाई आवश्यक जनशक्ति, इक्वीपमेन्ट जति चाहिन्छ, ती चीजहरु समयमा उपलब्ध गराउनु पर्छ । निर्वाचन अवश्यमंभावी छ । निर्वाचन नभएसम्म हामी अर्को स्टपमा जान सक्दैनौं । सबैको माग पूरा हुने गरी निर्वाचनको व्यवस्था हुनु पर्छ भनेर सुझाव दिएका छौं ।’

परामर्श बैठकमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गराउनका लागि गरेको तयारीबारे ब्रिफिङ गर्नुभएको थियो ।