२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यागमनसम्बन्धी कानूनी कमजोरी र कार्यान्वयन अभावका कारण बेथिति र अनियमितता बढ्योः सांसदहरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले अध्यागमनसम्बन्धी कमजोर कानून र कार्यान्वयनको कमजोरीका कारण बेथिति र अनियमितता बढेको भन्दै तत्काल सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।

अध्यागमन व्यवस्थापन र नागरिकहरुको यात्रा सहजीकरणको दिशामा अन्तर्राष्ट्रिय असल अभ्यासको समेत अध्ययन गरेर नेपालको परिवेशअनुरुप कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद युवराज शर्माले अध्यागमनसम्बन्धी सक्षम ऐनको अभावले कानुन तोड्ने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नुभयो । उहाँले नियमावली र कार्यविधिको नाममा प्रत्यायोजित विधायनको दुरुपयोग भइरहेको भन्दै समिति सभापतिको ध्यानाकर्षण गरउनुभयो । अध्यागमन सम्बन्धी कानून सुधार र एकीकृत गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो यहाँ अध्यागमनसम्बन्धी सक्षम ऐनको पनि अभाव छ । त्यसको कठोर कार्यान्वयनको पनि अभाव छ । कानून तोड्ने प्रवृत्ति समेत यसैकारण बढेको देखिन्छ । प्रत्योजित विधायनको कुन किसिमले दुरुपयोग भइरहेको छ भन्ने कुरा त प्रष्ट भयो नि । मलाई जहाँसम्म लाग्छ यो सरकारले अध्यागमनसम्बन्धी कानून संशोधन गरेको छ ।’

नेकपा (माओवादी केन्द्र)की सांसद रेनु चन्दले अध्यागमनसम्बन्धी एने निर्माण र कार्यान्वयनमा दूरदर्शिता नअपनाइएकै कारण समस्या देखिएको बताउनुभयो । उहाँले अध्यागमनजस्तो संवेदनशील क्षेत्र कानून अभावकै कारण बेथिति र अनियमितता बढेको भन्दै आवश्यक सुधार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अध्यागमनसम्बन्धी ऐन सुधारका लागि अन्तरिमस सरकारलाई निर्देशन दिन समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ऐनको मस्यौदा तयार गर्न तथा ऐनहरुमा सुधार गर्नको लागि सरकारलाई निर्देशन दिने कुरा पनि हाम्रो समितिको दायित्व हुन जान्छ । अध्यागमनको सम्बन्धमा काम गर्दै जाँदा जस्तो जस्तो समस्या आउँला त्यसैत्यसै काम गरौंला भन्ने प्रवृत्तिका कारण पनि समस्या आएको हो जस्तो लाग्छ । दुरदर्शी हिसाबले कानून बनाउने अभ्यास नभएको कारण समस्या भएको हो । त्यसकारण नै अध्यागमन जस्तो संवेदनशील क्षेत्रमा समेत असंवेदनशील तरिकाले काम भइरहेको देखा परेको छ ।’

नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी साहले अध्यागमनसम्बन्धी ऐन र त्यसअन्तर्गतका नियम विश्व मापदण्डअनुसार परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हालै मात्र नेपाल डिजिटल भिसा प्रणालीतर्फ गएको उल्लेख गर्दै यसको कार्यान्वयनका सन्दर्भमा सरकार गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।उहाँले भन्नुभयो,‘अध्यागमनसम्बन्धी ऐन र ऐनअन्तर्गत रहेको विधायन अहिलेको विश्व परिवेशअनुसार छ कि छैन ? अध्यागमनसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डहरु कति पुरा गरेको छ त ? अहिmे हामी भर्खर मात्र डिजिटल भिसामा गइरहेको अवस्था छ । यसको निगरानी कति प्रभावकारी ढंगले भइरहेको छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक छ ।’

सांसदहरूले अध्यागमन नीतिको सुधार, प्रभावकारी निगरानी र अन्तर्राष्ट्रिय मान्यताअनुसारको कानूनी संरचना निर्माणमा गम्भीर हुन जरुरी रहेको धारणा राखेका छन् ।




भर्खरै