१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप परीक्षण गरिँदै



अ+ अ-

काठमाडौं । अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप परीक्षण हुन लागेको समाचार छ । कोरोना विरुद्धको संक्रमणबाट जोगाउन हालसालै विकास गरिएको भनिएको यो खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको अमेरिकी सञ्चारमाध्मले जनाएका छन् ।

अमेरिकाको सियाटल सहरमा सुरु गर्न लागिएको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा यसको अनुसन्धान गरिएको हो ।

खोपले बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको योजना छ ।

पहिलो चरणमा गर्न लागिएको यो कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने बताइएको छ । परीक्षण गर्न लागिएको भ्याक्सिनलाई नाम MRNA-1273 राखिएको छ ।