काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार तोलामा पाँच सय रुपैया बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १५ सय रुपैयाँ घटेर ७७ हजार रुपैयाँमा कारोबार भएको छापावल सुन सोमबार तोलामा पाँच सय बढेर ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै चाँदीको भाउ आज तोलामा स्थिर रहेको जनाएको छ ।