१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुउद्देश्यीय बाँध तथा सिमसार क्षेत्र संरक्षण हुँदै



अ+ अ-

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित जर्लैयामा बहुउद्देश्यीय बाँध तथा सिमसार क्षेत्र संरक्षणका लागि योजना निर्माण भएको छ । सो बाँध राजापानी सामुदायिक वनभित्र रहने र त्यसबाट ३०० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सैनामैना नगरपालिकाले जनाएको छ ।

यससँगै करीब नौ बिघा क्षेत्रफलको ताल निर्माण गरेर ‘नौका विहार’ गर्ने योजनासमेत रहेको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले राजापानी सामुदायिक वनभित्रको डाँडालाई ‘ग्रिन लेक’ का रुपमा निर्माण गरेर लुम्बिनी क्षेत्रसँग जोडेर पर्यटनको विकास र प्रवद्र्धन गर्ने योजना भएको जानकारीसमेत दिनुभयो ।

नगरप्रमुख कार्कीले त्यसको विकासका लागि एक सातामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण हुने उल्लेख गर्दै अर्को वर्ष प्रादेशिक सरकारले बजेट छुट्याउने विश्वास व्यक्त गर्नुभयो । करीब १३ बिघा क्षेत्रफलमा रहेको उक्त स्थानमा कहिल्यै पानीको अभाव नहुने र दुर्लभ सारसलगायत चराको बासस्थान रहेको बताइएको छ ।

नगरप्रमुख कार्कीले त्यसलाई जल पर्यटनका रुपमा समेत विकास गर्न सकिने उल्लेख गर्दै यसको संरक्षण र संवद्र्धनबाट दिगो आयआर्जनका कामसमेत गर्न सकिने उल्लेख गर्नुभयो ।

उक्त क्षेत्रको प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले स्थलगत अध्ययन गर्नुभएको छ । “जल पर्यटनको पनि प्रचुर सम्भावना छ, पर्यटकीय क्षेत्रका रुपमा यसको विकासबाट सैनामैनाको भिन्दै पहिचान बनाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

दलदले जमीनमा दिनहुँजसो रसिलो जमीन देखिएको उक्त स्थानमा कछुवा, बकुल्ला, नीलगाई, अजिङ्गरको समेत बासस्थान रहेको स्थानीय धना खनालले जानकारी दिनुभयो । “पहिले हामीलाई धान रोप्न पनि गाह्रो हुन्थ्यो, तर अहिले समयक्रमअनुसार पानी कम हुन थालेको छ”, उहाँले भन्नुभयो ।

खनालले एक ठाउँ उभिएर हल्लाउँदा जमीन नै हल्लिने अवस्था रहेको उल्लेख गर्दै यसको विकास हुन सके पर्यटन प्रवद्र्धनबाट रोजगारीको सिर्जना हुन्छ भन्नुभयो । पानीले राम्रोसित भिजेको ठाउँ वा अत्यधिक आद्रता भएको जमीन वा प्राविधिकरुपमा त्यस्तो जमीन जहाँ पानीको सतह र जमीन करीब एउटै स्तरमा हुन्छ । जहाँ जमीन लुक्दैन, पानी सुक्दैन र रसिलो जमीन हुन्छ त्यस्तो क्षेत्रलाई विश्वव्यापीरुपमा सिमसार क्षेत्रका रुपमा मानिएको छ ।

यसले पानीको मुहानलगायत दलदल, धानबाली एवं पानी जमेको क्षेत्रलाई समेत जनाउने बताइएको छ । सिमसार अत्यन्त उत्पादनशील खालको क्षेत्र भएकाले यसभित्र जल परिचालन र शुद्धीकरण प्रक्रिया निरन्तर चलिरहने हुन्छ । यसलाई प्रकृतिको मिर्गौैलासमेत भन्ने गरिएको पाइएको छ ।