१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी विनिमय मुद्दामा फरार शेर्पा कारागार चलान



अ+ अ-

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी विनिमय मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरी कारागार चलान गरेको छ । ब्यूरोको टोलीले विदेशी विनिमय मुद्दामा फरार सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ का ३७ वर्षीया साङ्डोमा शेर्पालाई आइतबार स्वयम्भूबाट पक्राउ गरी आज कारागार चलान गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले विसं २०७१ साउनमा सिन्धुपाल्चोक जिल्ला अदालतको फैसलाले रु ६८ लाख ६२ हजार ४१३ जरिवाना सुनाएपछि शेर्पा फरार रहेको जानकारी दिनुभयो । पक्राउ शेर्पालाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा उक्त अदालतको आदेशानुसार कारागार सजायका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको ब्यूरोले जनाएको छ ।