२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे दुर्घटना: पनौतीमा अनिश्चितकालीन कर्फ्यु जारी



अ+ अ-

काठमाडौं । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती र त्यस आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मंगलबार बिहान नौ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पनौतीको चारकिल्ला र बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । टिपरको ठक्करबाट हिजो (सोमबार) दुई जनाको मृत्यु भएपछि काभ्रेको पनौती तनावग्रस्त बनेको थियो ।

राम सुन्दर आचार्यको फेसबुकबाट

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए । उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाले जानकारी गराएका थिए । त्यसपछि स्थानीयवासीले विरोध प्रदर्शन सुरू गरेका थिए ।

आक्रोशित भीड र प्रहरीबीच झडप समेत हुँदा गोली चल्दा एक जना प्रहरी हवल्दार घाइते पनि भएका छन् । प्रदर्शनकारीले प्रहरी बिट पनि तोडफोड गरेका छन् । प्रहरीले हिजो भिडलाई साम्य बनाउन अश्रुग्यास पनि प्रहार गरेको थियो ।