२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्वतीकुण्डको संरक्षण गरिँदै



अ+ अ-

ज्ञानेन्द्र न्यौपाने,रसुवा । बोझोका कारण दिनानुदिन छोपिँदै गएको पार्वतीकुण्ड संरक्षणका लागि स्थानीय बासिन्दा अग्रसर भएका छन् । धार्मिक मान्यतानुरूप हिमालयकी पुत्री पार्वती विराजमान रहनु भएको पवित्र कुण्डलाई बोझोले ढाक्न थालेका कारण गाउँपालिका र गतलाङबासीको सहयोगमा बोझो हटाउने अभियान शुरू गरिएको गतलाङका समाजसेवी पेम्बा तामाङले जानकारी दिनुभयो ।

उत्तरी रसुवाको तामाङ सम्पदामार्गमा अवस्थित पार्वतीकुण्डको सफाइ अभियानअन्तर्गत कुण्डका डिलका बोझो हटाई स्नानका लागि सहज बनाउन सकिए पनि बीच भागको पूरै बोझो क्रमिक रूपमा हटाइने छ । धार्मिक एवं पौराणिक तीर्थको महत्व बढाउन जनसहभागिता समेत जुटिरहेको बताइएको छ । समुद्री सतहदेखि करीब दुई हजार ४०० मिटर उचाइमा गतलाङ गाउँको शिरमा अवस्थित उक्त पवित्र तीर्थमा जनैपूर्णिमा, गङ्गादशहरालगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ ।

पार्वतीकुण्डमा स्नान गरी पूजाआजा गर्नाले शरीरको रोगव्याधि हट्ने तथा आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रआिएकाले गोसाइँकुण्ड पुगेका धार्मिकयात्रु पार्वतीकुण्ड पुग्नैपर्ने मान्यता रहेको पुरोहित टङ्प्रसाद ढकालले बताउनुभयो ।
काठमाडौंँदेखि त्रिशूली, बेत्रावती, धुञ्चे, स्याफ्रुबेंसी, गोल्जुङ हुँदै मोटरबाट सहज रूपमा पुगी पार्वतीकुण्डमा स्नान गर्न सकिने भएकाले सहज रूपको तीर्थ पुग्न स्थानीय बासिन्दाका तर्फबाट सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको समाजसेवी तामाङले बताउनुभयो ।
धार्मिक मान्यतानुरूप उत्तराखण्डमा अवस्थित एक सय आठकुण्डमध्ये अहिलेसम्मको अनुभवमा गोसाइँकुण्ड एवं पार्वतीकुण्ड मात्र स्नान गर्ने गरेको देखिएकाले रसुवामा रहेका सबै कुण्डका प्रचारप्रसार गर्नसके जिल्लाको गरिमा थप उचाइमा पुग्ने स्थानीयबासीले बताएका छन् । रसुवामा अवस्थित सरस्वतीकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, दूधकुण्ड जस्ता तीर्थ थोरबहुत प्रचारमा आए पनि यी कुण्डमा जाने तीर्थयात्रु भने बिरलै पाइएको छ । यस्तै पितृतर्पणका लागि पहिलो पुग्नुपर्ने अर्को महत्वपूर्ण तीर्थ बेत्रावती, उत्तरगयाधाममा भने क्रमिक रूपले पूर्वाधारको काम अगाडि बढिरहेको उत्तरगया संरक्षण समितिले जनाएको छ । बेत्रावतीमा पिण्ड तर्पण गर्नाले दिवङ्गत पितृलाई स्वर्गलोकमा शान्ति मिल्ने विश्वासका कारण प्रत्येक वर्ष पौषेऔँसीमा बेत्रावती पुग्न स्थानीय पुरोहितले सबैसँग आग्रह गरेका छन् ।