२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस २७ मा सार्वजनिक विदा दिन राप्रपाको माग



अ+ अ-

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक बिदा दिन आफू सकारात्मक रहेको बताउनु भएको छ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री देउवाले भन्नुभयो, "मैले २०७४ सालमा पनि बिदा दिएको हुँ, अहिले गठबन्धनको सरकार छ म सल्लाह गर्छु ।"

राप्रपाले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रुपमा मनाउन  प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आज ज्ञापनपत्र पेश गरेको राप्रपा नेता मोहन श्रेष्ठले जनाकारी दिनुभयो । 

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि ज्ञापनपत्र बुझाएको हो ।

मुलुकमा गणतन्त्र स्थापना भएयता पृथ्वी जयन्ती मनाउने विषयमा विवाद हुँदै आएको छ । तथापी नागरिक स्तरबाट पृथ्वी जयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रम गर्ने र त्यसमा राज्यका विशिष्ट पदाधिकारीकै उपस्थिति समेत रहने गरेको छ ।

यस अवसरमा नेपाली सेनाले औपचारिक रुपमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यलाई निरन्तरता दिइआएको छ ।