२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबई पठाइदिने भन्दै १० लाख ठग्ने एक पक्राउ



अ+ अ-

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक ब्यक्ति पक्राउ परेका छन्। सोमबार गोंगबुबाट बाग्लुङ ढोरपाटन नगरपालिका-४ खुङ्गा भर भई काठमाडौं रानीवन बस्दै आएका ३८ वर्षीय शिव कुमार घर्ती मगर पक्राउ परेका हुन् ।

उनले दुबईमा वर्किङ भिसामा आकर्षक तलब हुने भन्दै विभिन्न मितिमा ९ जना व्यक्तिहरूबाट १० लाख ५३ हजार एक सय लिई सम्पर्कविहीन भएका थिए। घर्ती मगरले ठगेर अलपत्र पारेको भन्दै पीडित खगेन्द्र चौधरीले उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा महाशाखाले उनको खोजीतलासी गर्न थालेको थियो। प्रहरी टोलीले घर्ती मगरलाई गोंगबु चोकबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा थप अनुसन्धान तथा कारबाहीको लागि पठाएको महाशाखाले जनाएको छ।