७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा

सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा
अ+ अ-

काठमाडौँ ।अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताउनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उहाँले यस्तो दाबी गर्नुभएको हो ।

शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट पक्षहरुसँगको पटक पटक छलफल गर्नुपर्ने बाध्यताले राजनीतिक दलहरुसँगको सम्पर्क केही ढिला हुन गएको पनि स्पष्ट पार्नुभयो । सरकारले राजनीतिक दलहरुलाई अवमूल्यन गरेर अघि बढ्दा असहज परिस्थिति आउँछ भनेर अनुभुति गरिरहेको उहाँको भनाई थियो । मन्त्री सिन्हाले वर्तमान सरकारले प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्ने एक मात्रै लक्ष्य लिएपनि असन्तुष्ट पक्षको सुनुवाई गर्नुपर्ने, सरकारको दैनिक काम पनि गर्नुपर्ने भएकाले निर्वाचनको तयारीको कामले तीव्रता नपाएजस्तो देखिएको पनि तर्क गर्नुभयो । उहाँले शुरुका दिनमा सरकारले जेन–जी समूहहरुसँगको छलफलमा धेरै समय बिताउनुपरेको पनि उल्लेख गर्नुभयो ।

मन्त्री सिन्हाले भन्नुभयो,‘हामी संसदीय अभ्यास अलिकति बे्रक भएको बेलामा यसको एउटा पुल निर्माण गरेर पुन जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्नको निमित्त एक मात्र लक्ष्य लिएर हिँडेका छौँ । तर चुनाव मात्रै लक्ष्य रहँदैन रहेछ । चुनावको तयारीको क्रममा गर्नुपर्ने विभिन्न कामको साथसाथै असन्तुष्ट कतिपय पक्षको कुरा सुन्नुपर्ने कारणले गर्दा र सरकारको दैनिकी समेत सञ्चालन गर्नुपर्ने कारणले गर्दा हामीहरु अलिकति ढिलो भएको हो । हामीहरुले दलहरुसँग सम्पर्क गर्न केही ढिला भएकै थियो । जेन–जीका जुन समूहहरु हुनुहुन्छ ।’

‘हाँहरुसँगको पटक पटकको छलफलमा धेरै समय गएको पनि थियो । र, यो सरकारले कहिल्यै पनि दलहरुलाई अवमूल्यन गरेको छैन भन्ने कुरा यहाँहरुलाई अनुरोध गर्न चाहन्छु । दललाई अवमूल्यन गर्दाखेरी कस्तो असहज अवस्था सृजना भएको थियो भनेर हामीले अनुमूति गरिसकेका छौ । हामीले शुरुशुरुमा सुरक्षाको प्रत्याभूति दिनुपर्ने अवस्था थियो । अल्पकालिन सुरक्षाको प्रत्याभूतिको अवस्था थियो । मध्यकालीन र दिर्घकालीन ३ वटै सोच बनाउनुपर्ने कारणले गर्दा सुरुको स्थिति सम्हाल्नको निमित्त हामीहरुलाई गाह्रो परेकै हो । हामी नेपाली नागरिकहरु कति सुर छौँ भन्नेकुरा कहाँबाट देखियो भने त्यत्रो घटना भएको तेस्रो दिनदेखि बाटोमा निस्केर सौहार्दपूर्ण वातावरण निर्माण गर्न जनतानै लागि रहनुभएको थियो । जुत्ता, चप्पल, लुगा केही नभएका, पकाउन भाँडा नभएका, पकाउने सामान नभएका हाम्रा सुरक्षाकर्मीहरुलाई जनताले नै यति सहयोग गर्नु भयो कि त्यसका निम्ति आभार व्यक्त गर्ने मसँग शब्द नै छैन ।’

मन्त्री सिन्हाले मुलुकको सुरक्षा अवस्थालाई सहज बनाउन सर्वसाधारण जनताले प्रहरीलाई गरेको सहयोगको समेत खुलेर प्रशंशा गर्नुभयो । उहाँले सुरक्षा व्यवस्थालाई सहज बनाउने कठिन कार्यमा सरकारलाई सर्वसाधारण जनताले ठूलो साथ दिएको समेत बताउनु भयो । –