७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

श्रमिकको सुरक्षा गर्न माग निर्माण व्यवसायी संघको माग

श्रमिकको सुरक्षा गर्न माग निर्माण व्यवसायी संघको माग
अ+ अ-

काठमाडौं। त्रिभूवन विश्वविद्यालय परिसरमा निर्माण कार्य अवरुद्ध गर्दै व्यवसायी र  श्रमिकमाथि धम्क्याउने कार्य भएको भन्दै काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले सुरक्षाको माग गरेको छ ।

कीर्तिपुर नगरपालिका क्षेत्रभित्र विश्वविद्यालय परिसरमा सञ्चालन भइरहेका निर्माण कार्यमा केही विद्यार्थी समूहले हस्तक्षेप गरी निर्माण स्थलमा हुलहुज्जत गरेर व्यवसायी, श्रमिकलाई धम्काएपछि संघले  सुरक्षाको माग गरेको हो ।

संघद्वारा जारी विज्ञप्तिमा विद्यार्थीले निर्माण स्थलमा प्रवेश गरी निर्माण सामग्री फाल्ने, निर्माण व्यवसायी र श्रमिकहरूलाई शारीरिक तथा मानसिक रूपमा धम्क्याउने कार्य  बन्द गर्न भनेको छ । विज्ञप्तिमा त्रिभूवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको बोलपत्र प्रक्रियामार्फत “शुभ कामना निर्माण सेवा प्रा.लि.” निर्माण कम्पनीलाई भवन निर्माण कार्यको जिम्मा दिइएको उल्लेख गरिएको छ । संघले सो सम्झौताअनुसार कम्पनीले निर्माण कार्य अघि बढाइरहेको बेला विद्यार्थी समूहको हस्तक्षेपले निर्माण वातावरण विथोलिएको बताएको छ ।

संघका महासचिव पञ्च बहादुर तामाङ (विजय) द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न र निर्माण व्यवसायी तथा श्रमिकहरूको सुरक्षाको व्यवस्था गर्न संवद्ध निकायलाई आग्रह गरिएको छ । साथै, निर्माण कार्य अवरुद्ध गर्ने, धम्की दिने तथा विकास विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न संघले जोडदार माग गरेको छ । संघले निर्माण कार्य कानूनअनुसार र सम्बन्धित निकायसँग समन्वयमा अघि बढाइएको उल्लेख गर्दै वातावरण सहज बनाई चाँडोभन्दा चाँडो निर्माण कार्य पुनः सुचारु गर्न विश्वविद्यालय प्रशासन र सरोकारवाला पक्षलाई अनुरोध गरेको छ । –न्युज एजेन्सी नेपाल

यस्तो छ, विज्ञप्ती ….

यही मिति २०८२/७/१७ गतेका दिन काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका क्षेत्र भित्र रहेको त्रिभुवन विश्वविद्यालयको परिसरमा निर्माण कार्यमा खटिएका. निर्माण व्यवसायी एंव. श्रमिकहरुप्रति केही विद्यार्थीहरुका हुलहुज्जतहरुले निर्माण कार्यस्थलमा प्रवेश गरी निर्माण सामाग्रीहरु फाल्ने र व्यवसायी एंव. श्रमिकहरुलाई गालिगलौज तथा धाकधकेल गर्ने जस्ता कार्यप्रति (घटनाप्रति) यस काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको ध्यानकर्षण भएको छ । त्रि.वि. रजिष्ट्ररको कार्यालयद्वारा आहवान भएको बोलपत्र अनुसारको चमेना गृह भवन निर्माण सम्बन्धी कार्यको निर्माण व्यवसायी पचली भैरव एण्ड मनकामना निर्माण सेवा प्रा.लि. र रजिष्ट्ररको कार्यालय बीच सम्झौता भई निर्माण कार्य सुरुवात गर्ने क्रममा केही विद्यार्थीहरुको झुण्डले निर्माण स्थलको वातावरण विथोल्ने र निर्माण व्यवसायीलाई आतांकित पार्ने गतिविधि गरेको हुँदा उक्त गतिविधि तत्काल रोक्न र निर्माण व्यवसायी तथा श्रमिकहरुको जिउधनको सुरक्षा गर्न हार्दिक अनुरोध गर्दछौं । वर्तमान अवस्थाको सम्दर्भमा निर्माण व्यवसायीले कबोल गरेको निर्माण कार्य सम्बन्धित कार्यालयसंग समन्वय गरी यथासक्य छिटो भन्दा छिटो निर्माण कार्य सुरुवात गर्ने वातावरण सिर्जना गर्न र विकास विरोधी दोषी तत्वलाई तत्काल कारवाही गरी कानूनी दायरमा लिन यस संघ जोडदार माग गर्दछौं ।