१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी बन्दको बीचमा अमेरिकाले ४० स्थानहरूमा हवाई ट्राफिक १० प्रतिशतले कटौती गर्ने



अ+ अ-

एजेन्सी । अमेरिकी संघीय सरकारको बन्द बिहीवार ३७ औं दिनमा प्रवेश गरेको छ ।  जुन इतिहासकै सबैभन्दा लामो हो । जसले हवाई ट्राफिक प्रभावित भइरहेको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासनले शुक्रवारदेखि ४० स्थानहरूमा हवाई ट्राफिक १० प्रतिशतले घटाउनेछ । किनकि संघीय सरकारको बन्द अमेरिकी इतिहासमा सबैभन्दा लामो बन्द भएको छ ।

यातायात सचिव शन डफीले अमेरिकी संघीय सरकारको बन्द शुरु भएदेखि लगभग १३ हजार हवाई ट्राफिक नियन्त्रकहरू र लगभग ५० हजार विमानस्थल सुरक्षा अधिकारीहरू तलव बिना काम गर्न बाध्य भएका बताउनु भयो । कर्मचारीहरूको बढ्दो संख्याले बिदा लिएको छ । जसले गर्दा उड्डयन उद्योगमा कर्मचारीको अभाव तिब्र भएको छ, धेरै क्षेत्रहरूमा उडान ढिलाइ बढेको छ र उड्डयन सुरक्षामा चिन्ता बढेको छ ।