५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा घातक भालु आक्रमणपछि सेना तैनाथ



अ+ अ-

एजेन्सी । यस वर्ष रेकर्ड स्तरमा पुगेको घातक भालु आक्रमणहरूबाट प्रभावित जापानको उत्तरी क्षेत्रमा जापानी सरकारले बुधबारदेखि सेना तैनाथ गर्न थालेको छ । प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा रहेको नयाँ सरकारले यो सङ्कटलाई नियन्त्रणमा ल्याउन विशेष नीतिगत प्याकेजको मस्यौदा तयार गर्ने तयारीसमेत थालेको जनाएको छ ।

अप्रिलयता भालु आक्रमणका घटनामा कम्तीमा १२ जनाको ज्यान गइसकेको छ भने सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । यो अवस्थालाई अत्यन्त गम्भीर रूपमा लिँदै सरकारले स्थानीय बासिन्दाहरूको सुरक्षालाई प्रमुख प्राथमिकता दिएको छ ।

जापानमा कडा बन्दुकसम्बन्धी कानून रहेको हुँदा सैनिकहरूले बन्दुक बोकेर जनावरहरूको सिकार गर्ने अनुमति पाएका छैनन् । त्यसैले आत्मरक्षा बलका सदस्यहरूलाई भालु स्प्रे, स्टिक, ढाल, सुरक्षात्मक चश्मा, बुलेटप्रुफ ज्याकेट र नेट लन्चरजस्ता उपकरणले सुसज्जित गरिने रक्षा मन्त्रालयले जनाएको छ । यस उपायले आतङ्कित समुदायमा सुरक्षाको भावना पुनःस्थापित गर्ने विश्वास गरिएको छ ।

विज्ञहरूका अनुसार यस वर्ष जापानमा एकोर्न ९ओकको फल० को खराब उत्पादनका कारण भालुहरू सहरतर्फ आकर्षित भएका हुन् । विशेषगरी अकिता र इवाटेजस्ता उत्तरी प्रान्तहरूमा भालुहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । ग्रामीण जनसङ्ख्याको तीव्र ह्रासका कारण परम्परागत मानव–वन्यजन्तु सीमाहरू धमिलो बन्दै गएको र त्यसले भालुहरूलाई आवासीय क्षेत्रमा प्रवेश गर्न उत्प्रेरित गरेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

जापानको आत्मरक्षा बलले ग्रामीण क्षेत्रमा भालु नियन्त्रणका लागि आवश्यक लजिस्टिक सहयोग पुर्‍याउने निर्णय गरेको छ । यसमा जाल सार्ने, शिकारीहरूलाई सहयोग गर्ने र समातिएका भालुहरूको व्यवस्थापनमा सहभागी हुने कार्यहरू समावेश छन् ।

अति प्रभावित अकिता प्रान्तको काजुनो सहरमा बुधबार १५ जना सैनिकको विशेष टोली पठाइएको छ, जसले भालु जाल सार्न सहयोग गर्नेछ । उप–मुख्य क्याबिनेट सचिव केई साइतोले सेनाको मुख्य दायित्व राष्ट्रिय सुरक्षा भए पनि नागरिक सुरक्षाका लागि सम्भव सहयोग गर्न उनीहरू तत्पर रहेको बताउनुभयो ।

प्रधानमन्त्री ताकाइचीको मन्त्रिपरिषद्ले गत हप्ता विशेष बैठक बोलाई यो सङ्कटलाई प्राथमिकतामा राख्दै नोभेम्बरको मध्यसम्ममा नीति प्याकेज प्रस्तुत गर्ने प्रतिवद्धता जनाएको थियो । उक्त प्याकेजले विशेष अवस्थामा, जस्तै आवासीय क्षेत्रमा भालु देखा परेमा, तत्काल प्रतिक्रिया दिन सक्ने शिकारीहरूको सङ्ख्या बढाउने सम्भावना रहेको छ ।

अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले आफ्नो क्षेत्रमा वन्यजन्तु नियन्त्रणका लागि सीमित स्रोत रहेको भन्दै सेनाको सहयोगप्रति आभार प्रकट गर्नुभयो । “स्थानीय निकायहरूसँगको समन्वयमार्फत आत्मरक्षा बलका सदस्यहरूले प्रभावकारी रूपमा सहयोग पुर्‍याउनेमा म विश्वस्त छु”, गभर्नर सुजुकीले अकितामा सेनासँगको हस्ताक्षर समारोहमा भन्नुभयो ।