७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

जलवायु वार्तामा विश्व नेताहरू प्रवेश गर्दा, गरिब समुदायहरू सबैभन्दा बढी जोखिममा

जलवायु वार्तामा विश्व नेताहरू प्रवेश गर्दा, गरिब समुदायहरू सबैभन्दा बढी जोखिममा
FILE - Feluzi Makono stands on his grandmother's farm that was destroyed by Cyclone Freddy in Mulanje, southern Malawi, July 29, 2025. (AP Photo/Thoko Chikondi, File)
अ+ अ-

एजेन्सी । ब्राजिलमा हुन लागेको आगामी जलवायु वार्ताको सन्दर्भमा विश्वका नेताहरू एकत्रित हुँदै गर्दा जलवायु सङ्कटको सबैभन्दा ठूलो मूल्य तिर्नेहरू गरिब र सीमान्त समुदायहरू हुने प्रष्ट हुँदै गएको छ ।

रियोको उत्तरी भागमा अवस्थित अरारा बस्तीका लुइस क्यासियानो अहिलेका तात्तिएका गर्मीका दिनहरूमा चिन्तित हुनुहुन्छ । उहाँ ३० वर्षदेखि त्यहीँ बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “आजको घाम साँच्चै डरलाग्दो छ ।” उहाँले आफ्नै घरमा हरियो छत बनाएका कारण केही राहत त पाउनुहुन्छ, जसले तापक्रम १५ डिग्री सेल्सियससम्म कम गर्छ, तर बारम्बारको विद्युत् अवरोधले वातानुकूलनको भर गर्न सकिँदैन ।

विश्वका नेताहरू जलवायु वार्ताका लागि ब्राजिल आउँदै गर्दा क्यासियानो जस्ता करोडौँ मानिसहरू असहज तापक्रम र आँधीबेहरीको जोखिममा छन् । चरम मौसमका घटनाहरूले गरिबीमा परेकाहरूलाई अझ नोक्सान पुर्‍याइरहेका छन्, किनभने उनीहरूलाई सामना गर्न न त स्रोत, न त प्रविधि केही पनि छैन ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हाल विश्वमा करिब एक अर्ब १० करोड मानिस चरम गरिबीमा बसिरहेका छन् । यसै कारण धेरैले तुलनात्मक रूपमा गरिब सहर बेलेममा यो सम्मेलन आयोजना गर्नु सराहनीय ठानेका छन् । युएन वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इन्गर एन्डरसनका अनुसार बेलेमजस्ता ठाउँमा सम्मेलन हुनु उपयुक्त छ, किनकि यहाँ गरिबी र जलवायु सङ्कट प्रत्यक्ष देखिन्छ ।

गरिबी र जलवायु सङ्कटको टक्कर केवल विकासशील मुलुकमै सीमित छैन । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम ९युएनडिपी० को प्रतिवेदनले धनी देशका गरिबहरू पनि चरम गर्मी, बाढी, खडेरी वा प्रदूषण जस्ता कम्तीमा चार खतरामध्ये एकको प्रभावमा छन् भन्ने देखाउँछ ।

विश्व स्रोत संस्थानका वरिष्ठ फेलो कार्टर ब्रान्डन भन्नुहुन्छ, “गरिब मानिसहरूसँग जोखिमयुक्त ठाउँहरू छोड्ने वा प्रकोपपछि पुनर्निर्माण गर्ने क्षमता हुँदैन । त्यसैले जलवायु सङ्कटले उनीहरूको जीविकोपार्जन मात्र होइन, जीवन नै सङ्कटमा पार्छ ।”

अफ्रिकामा झन्डै ५० करोड मानिस गरिबीमा छन् र तीमध्ये धेरै खेतीमा निर्भर छन् । अन्तर्राष्ट्रिय कृषि अनुसन्धानका सल्लाहकार समूहकी कार्यकारी निर्देशक इस्माहाने एलोआफीका अनुसार प्राविधिक समाधानले केही राहत दिन सक्छ, तर त्यसको पहुँच अधिकांश किसानमा छैन ।

ब्राजिल सरकारले बेलेममा सम्मेलन आयोजना गरेर विश्वलाई अमेजन क्षेत्रका वास्तविक चुनौतीहरू देखाउने प्रयास गरेको छ । अक्सफामकी जलवायु नीति प्रमुख नाफकोट डाबी भन्नुहुन्छ, “वार्ताकारहरूले कठिन परिस्थितिमा बस्नुपर्ने गुनासो गरेका छन्, तर यही त संसारका अधिकांश मानिसहरूको वास्तविकता हो ।”

तर सबैले यस सम्मेलनबाट ठोस परिणाम आउनेमा विश्वास राखेका छैनन् । ड्युक विश्वविद्यालयकी प्राध्यापक किम्बर्ली मेरियन सुसीया भन्नुहुन्छ, “द्रुत कारबाहीको आवश्यकता छ भन्ने कुरा सबैले स्वीकार्छन्, तर त्यो कोपबाट सम्भव देखिँदैन ।”

युएनडिपीका निर्देशक पेड्रो कन्सेइकोका अनुसार विश्वमा गरिबी घट्ने गति रोकिएको छ । “अब गरिबीका तथ्याङ्क स्थिर छन्, घटेका छैनन्”, उहाँले भन्नुभयो ।

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले पनि हालैको वक्तव्यमा उत्सर्जन घटाउनेभन्दा पहिले मानव पीडा कम गर्नमा जोड दिनुपर्ने बताउनुभएको छ ।

तर कन्सेइको भन्नुहुन्छ, “गरिबी घटाउने र जलवायु सङ्कट समाधान गर्ने दुवै कुरा अलग होइनन् । यी एउटै एजेन्डाका दुई पाटाहरू हुन्—जहाँ एकमा सफलता अर्काको समाधान पनि हो ।”