२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासमा संसद विघटन विरूद्धको मुद्दामा सुनुवाइ सुरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्ध दायर भएका रिटहरूमा सर्वोच्च अदालतमा बुधबारदेखि सुनुवाइ सुरू भएको छ । सर्वोच्चको एनेक्स भवनमा विशेष इजलास तयार गरी सुनुवाइ थालिएको हो ।

यस विषयमा दायर भएका कुल १६ वटा रिटलाई एउटै मुद्दाका रूपमा समेटी संयुक्त रूपमा सुनुवाइ गर्ने निर्णय भएको छ ।

सुनुवाइका लागि वरिष्ठतम न्यायाधीशहरूको समावेशसहित संवैधानिक इजलास गठन गरिएको छ । उक्त इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् ।

रिट निवेदकको पक्षबाट प्रेमराज सिलवालले बहस सुरू गरेका छन् । उनीसँगै वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई र सुरेन्द्र भण्डारी पनि इजलासमा उपस्थित छन् । अधिवक्ता भट्टराईले रिट निवेदक आयुष बडालको तर्फबाट बहस गर्ने तयारी गरेका छन् ।

रिट निवेदकहरू धेरै जना भएकाले प्रारम्भिक चरणमा प्रत्येक अधिवक्तालाई ५ मिनेटको समय तोकिएको छ ।

सुनुवाइ प्रारम्भअघि प्रधानन्यायाधीश राउतले बहस विषयवस्तुमा केन्द्रित रहन आग्रह गरेका थिए ।