१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

कोरोना कहर- म घर आउँदिन, तपाईँ घर बाहिर ननिस्कनु …

कोरोना कहर- म घर आउँदिन, तपाईँ घर बाहिर ननिस्कनु …
अ अ+ अ-

‘बाबु, घर आऊ, बरु छुट्टै कोठामा बसौला’ – बिरामी बृद्ध बाबाको आवाज कानमा गुञ्जिन्छ । सानो छोरो फोनमा भन्छ – ‘बाबा, तिमी किन घरमा नआएको ?’ श्रीमती भन्छिन् – ‘घरमा आउनुस् केही हुँदैन’ । आमा भन्नुहुन्छ – ‘घरमा बसे भइहाल्छ नि त्यस्तो कोरोना सोरोनाले केही गर्दैन’ । तर मलाई थाहा छ – अहिलेको समय भावनाले चल्ने समय होइन ।

म पशुपतिमा काम गर्छु । धेरै मानिसहरुसँग भेटघाट हुन्छ । विदेशबाट आएर घर जानुभन्दा पहिला भगवानको दर्शन गर्न आउने पहिलो ठाउँ पनि यही हो । अन्तिम संस्कारमा भाग लिन आउने ठाउँ पनि यही हो । संवेदनशील छ यो क्षेत्र । परेवा, बाँदर, बाख्रा, भेडा, मृगदेखि लिएर कुकुरसम्मको संरक्षण गर्नका लागि पनि यही क्षेत्रमा रहनुपर्छ । कर्तव्य सम्झेर मलाई घर जान मन लाग्दैन । अफिस र कार्यक्षेत्रहरुमा जाँदा मास्क लगाउँछु, हात धुन्छु । अरु व्यक्तिसँग फरक दुरीमा रहने कोशिस गर्दछु । तर कर्म गरिरहँदा पनि फैलिन सक्ने किटाणुको एउटा सम्भावित शिकार म पनि त हुँ नि । यो सोचेर म बृद्ध र बच्चाहरुको समीप जान सक्दिन ।

३ घन्टादेखि ७२ घन्टासम्म कोरोना भाइरसको किटाणु जिवीत रहन्छ भन्ने तथ्यहरु आइरहेका छन् । एक संक्रमित व्यक्ति अर्को व्यक्तिसँग हिमचिम नहुनु नै यो रोगबाट बच्न सकिने पहिलो आधार हो । कतिपयको रोग प्रतिरोधात्मक क्षमताका कारण यो किटाणुले असर नगर्ला र उक्त व्यक्तिले यो थाहै नपाईकन असर पनि सिद्धिएला र निको होला । आज सग्लो मानव केही दिनमा पूर्णरुपमा टुटेर मृत्यु पनि भएको त हामीले सञ्चार माध्यमबाट थाहा पाइरहेकै छौँ । त्यसैले आज स्वस्थ छु भनेर सरकारले आव्हान गरेको ‘घर बाहिर ननिस्कनु’ भन्ने आग्रहलाई नटेरेर बाहिर भीडभाडमा निस्कनु भनेको हामीले आफू र आफ्नो परिवारको मात्र होइन देशकै भविष्यमाथि पनि खेलवाड गरेको हो ।

अहिले कुनै राष्ट्र धनी वा कुनै गरीब भन्ने तुलना नै छैन । यो महामारीले सबैको हैसियत एउटै बनाइदिएको छ । व्यवस्थापन चुस्त रुपमा कसले कति गर्न सक्छन् भन्ने मात्र हो । त्यसैले राज्य र राज्य संयन्त्रलाई गाली गरेर आफ्नो कर्तव्य पूरा हुन्छ भन्ने मुर्खता पनि नगरौँ । अहिलेको कर्तव्य भनेको सबैजना अलग अलग रहौँ । घरबाहिर ननिस्किऔँ ।

धुलो, धुवाँ खाएर हिलोमैलोमा हुर्केको हुनाले हामी नेपालीको प्रतिरक्षा प्रणाली बलियो छ भन्ने हाम्रो भ्रम आधारहीन छ । हामीले हाम्रो प्रकृतिमा भएका जडीबुटी, जैविक रुपमा शुद्ध खाद्यान्न खाई योग, ध्यान आदि गरी सन्तुलित जीवनपद्धति अपनाएको भए हाम्रो तर्कको केही अर्थ हुने थियो । हामी यो भ्रमबाट मुक्त होऔँ ।

राज्यले चाहेको तपाईँ–हामी घरमै बसौँ भन्ने नै त हो । हो आधारभूत आवश्यकताका सामग्री उपलब्ध गराउनु राज्यको दायित्व हो । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबाट त्यो प्रयास पनि जारी नै छ । राज्यले अहिले हामीबाट धेरै कुराको अपेक्षा गरेकै छैन – तुलबुल तुलबुल नगरी चञ्चल नभईकन घरमा बसिदिए मात्र पुग्छ । हाम्रो घरबसाई नै राज्यप्रति, मानवताप्रति गरेको कर्तव्य नै हो ।

राज्यको आग्रह लत्याउनु भनेको मृत्युलाई स्वीकार गरेर लखरलखर सडकमा हिँड्नु हो । सुन्दा त अप्रिय लाग्छ तर अहिले सावधानी नअपनाउनेहरु र राज्यको आग्रहलाई अवज्ञा गरेर रमाउनेहरु आफ्ना लागि मृत्यु स्वीकार गर्ने बहादुर हुन् भने अर्को अर्थमा अरुको जीवन लिन खोज्ने अपराधी हुन् । हातमा तरबार लिएर अरुमाथि जाइलाग्ने क्रुर अपराधी भन्दा खतरनाक हुन सक्छन् अहिले अवज्ञा गर्नेहरु । अहिले सग्लो छु भन्ने भ्रम पालिरहँदा कुन पलमा टुटेर ढल्छु भन्ने हेक्का नभएका अज्ञानी मुर्खहरु हुन् ।

मेरै कहानी सुनाउँछु । ९ दिनपछि हिजो म घरमा गएँ । मेरो बृद्ध र रोगी बाबा भन्नुहुन्छ – छोरो आऊ म नजीकै बस । छोरो भन्छ – बाबा, तिमी कागती पानी र मह खाऊ कोरोना भागिहाल्छ । तर म न त बाबाको नजीक बस्न सक्छु न त छोरोलाई काखमा राख्न नै सक्छु । छुट्टै कोठामा बसेपनि कहीँ न कतैबाट त सम्पर्क भइ नै हाल्छ । त्यसैले बाहिर काम गर्न जाने म केही दिन घरमा नजाँदा नै उत्तम ठानेको छु । बाहिरै हुँदा पनि म सावधानी अपनाउने गर्दछु ।

म यो समयमा छुट्टी मनाउन घरमा बस्न मिल्दैन । मैले कर्तव्य गर्नुपर्छ । घरमै बस्ने सुविधा पाएको भए म पनि घरका सदस्यहरुसँग भलाकुसारी गर्दै, सानो छोरोसँग खेल्दै समय बिताउथेँ । पढ्न मन लागेका पुस्तकहरु पढ्थेँ ।

ए साथी, तपाईँले जब समय पाउनुभएको छ भने किन तुलबुल र चञ्चल हुनुहुन्छ रु घरमै बस्नु न हो । राज्य र मानवसमाजप्रति हामी सबैले दिनसक्ने यो शताब्दीको सबैभन्दा ठूलो योगदान भनेको केही दिन घरमा बसिदिनु नै हो । बिनम्र अनुरोध – घरमै बस्नुस् ! घरमै बस्नुस् !! घरमै बस्नुस् !!!

प्रदिप ढकालको फेसबुक वालबाट