काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्मा चार सदस्य थप गर्न लाग्नुभएको हो ।
नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।
उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ ।
राष्ट्रपति कार्यालयले आज दिउँसो साढे २ बजे सपथ गराउने तय गरेको छ ।










