३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए
अ+ अ-

पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाउनुभएको छ ।

विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाइएको उहाँले उल्लेख गर्नुभयो । “पहिलेपहिले खर्चको जोहो गर्न कठिन थियो, तर अहिले खुर्सानी बेचेर सहज भयो, हामीलाई चाडपर्व मनाउन अरूसँग पैसा सापटी माग्नु परेन”, उहाँले भन्नुभयो ।

यस वर्ष दसैँअगाडि खुर्सानी बेचेर रु चार लाख आम्दानी भएको छहरीले जानकारी दिनुभयो । अन्नबाली लगाउँदा वन्यजन्तुबाट जोगाउन कठिन भएपछि अहिले अकबरे खुर्सानीखेती थालेको उहाँले बताउनुभयो । अहिले यहाँ अधिकांश साना किसानको जीविकोपार्जनको स्रोत खुर्सानीखेती भएको उहाँको भनाइ छ ।

स्थानीय सीता खाम्चाले पनि यस वर्ष चाडपर्व मनाउन ऋण खोज्न नपरेको बताउनुभयो । दसैँअगाडि अकबरे खुर्सानी बेचेर आएको आम्दनीबाट पर्वको जोहो भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विगतका वर्षमा दसैँतिहार नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । आम्दानीको कुनै स्रोत थिएन, ऋण मागेर छोराछोरीलाई खुसी बनाउनुपर्ने बाध्यता थियो । अहिले खुर्सानीखेती गर्न थालेपछि सहज भएको छ । हालसम्म खुर्सानी बेचेर रु चार लाखभन्दा बढी आम्दानी भएको छ ।”

छहरी र खाम्चालाई मात्र हैन यहाँका अधिकांश साना किसानले अकबरे खुर्सानी बेचेर मनग्य आम्दानी गर्नाका साथै पर्वको जोहो गरेका छन् । स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत निकायले यहाँका कृषकलाई खुर्सानीखेतीका लागि सहयोग गर्न थालेपछि व्यावसायिक रूपमा यसतर्फ किसानको आकर्षण बढेको गाउँपालिकाकी कृषि शाखा प्रमुख प्रज्ञा लामटाङ्गेले बताउनुभयो ।

उत्पादित वस्तु बजारीकरणका लागि स्थानीय सरकारले समन्वय गरिदिन थालेपछि अहिले यहाँ खुर्सानीखेती नभएको घर छैनन् । गाउँबस्तीका खेतीयोग्य जमिनमा दिउँसोको समय बाँदर, मृर्ग, हरिण तथा राति दुम्सी, बदेललगायत वन्यजन्तुले सताउन थालेपछि किसानले वैकल्पिक रूपमा व्यावसायिक खुर्सानीखेती गर्न थालेका उहाँले बताउनुभयो ।

घरायसी प्रयोजनका लागि मात्र दुई-चार बोट लगाएका कृषकलाई स्थानीय सरकारले खुर्सानीखेती गर्न प्रेरित गर्न थालेपछि व्यावसायिक उत्पादन हुन थालेको किसानको भनाइ छ । पालिकाले किसानलाई आर्थिक रूपले बलियो बनाउँदै आत्मनिर्भर बनाउने तथा वैदेशिक रोजगारीलाई निरुत्साहित गराउने उद्देश्यले अभियानका रूपमा व्यावसायिकखेतीतर्फ आकर्षित गर्न थालेको कृषि शाखा प्रमुख लामटाङ्गेले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार दसैँअघि खुर्सानी बिक्रीबाट गाउँपालिकाभित्र रु चार करोडभन्दा बढी रकम भित्रिएको छ । यहाँका कृषकद्वारा उत्पादित खुर्सानी सहकारीमार्फत बजारीकरण हुँदै आएको छ ।

कृषिमा केही हुँदैन भन्ने भाष्य विकसित हुँदै गएपछि पछिल्लो समय वैदेशिक रोजगारी प्रमुख गन्तव्य बन्दै गएको थियो । वैदेशिक रोजगारीको विकल्पमा अकबरे खुर्सानी वा नगदेखेती बनाउनका लागि उत्पन्न चुनौतीको सामना गर्दै रु चार करोडभन्दा बढी लगानी गरेर सुरुआत गरिएको खुर्सानीखेतीले आफ्नो सपना सार्थक बनाएको गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो ।