३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै
अ+ अ-

तनहुँ। जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ संरक्षण केन्द्र पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट गन्तव्य बनेको छ । लोपोन्मुख अवस्थामा पुगेका गिद्धको आहार व्यवस्थापन भएपछि केन्द्रमा गिद्धका बथान देखिन थालेका छन् ।

नगरपालिकाको पहलमा गौ संरक्षण केन्द्र स्थापना तथा व्यवस्थापन भएपछि विगतमा हराउँदै गएका गिद्धका नयाँ प्रजातिसहित बथान फर्किन थालेका केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । “आहारको व्यवस्थापनले सेतो, खैरोलगायत विभिन्न प्रजातिका लोपोन्मुख गिद्ध देखिन थालेका छन् । यसले हामीलाई पनि खुसी बनाएको छ । हराउँदै गएका लोपोन्मुख पक्षीको संरक्षण भएको छ । अझै यसका प्रजाति बढ्दै गएका छन्”, उहाँले भन्नुभयो ।

प्रकृतिको कुचिकारका रूपमा परिचित गिद्ध पछिल्ला वर्षमा आहाराको अभाव, रूखको कटानी र विषाक्त पदार्थका कारण लोपोन्मुख अवस्थामा पुगेका अध्यक्ष सापकोटाको भनाइ छ । व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको गौ संरक्षण केन्द्रमा मरेका पशुचौपाया गिद्धको आहाराका रूपमा व्यवस्थापन गर्न थालेपछि अहिले नौ प्रजातिका करिब एक सय गिद्ध दैनिक देखिएका उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले छाडा गौ संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यस केन्द्र बहुउपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको बीच भागमा हिँड्ने र सवारीसाधनको बाटो छेक्नाका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउन स्थापना गरिएको केन्द्रले गिद्ध संरक्षणमा पनि सहयोग पुगेको छ । यो प्रयास व्यास नगरपालिकाको दीर्घकालीन योजनाअन्तर्गतको अभियान हो ।”

यस कार्यलाई नगरपालिकाको गौरवको योजनामा समावेश गरिएको बताउँदै नगरप्रमुख न्यौपानेले केन्द्रमार्फत आहाराको व्यवस्था भएपछि लोपोन्मुख गिद्ध फर्काउन सफल भएको उल्लेख गर्नुभयो । “यहाँ पूर्ण रूपमा पारिस्थितिक प्रणाली (इकोसिस्टम) लागू गराएका छौँ । जहाँ गाई, गिद्ध, नदी र वनस्पति सबै आपसी सहअस्तित्वमा जोडिएका छन्”, उहाँले भन्नुभयो ।

नगरपालिकाले गिद्ध संरक्षणका लागि प्रत्येक वर्ष रु १० देखि १५ लाख बजेट विनियोजन गर्दै आएको छ । केन्द्रमा कार्यरत तीन कर्मचारीको तलब, गाईका लागि पराल, चोकरलगायत खाद्यपदार्थ र आवश्यक औषधि नगरपालिकाको सहयोगमा उपलब्ध गराइन्छ । साथै, नगरपालिकाले केन्द्रको सुरक्षाका लागि रु १२ लाखमा तारबार लगाएको छ ।

नगरप्रमुख न्यौपानेले नगरले प्राकृतिक सन्तुलन र धार्मिक पर्यटन दुवैलाई अघि बढाउने नीति अपनाइएको बताउनुभयो । “प्रकृतिमा सबै प्राणीले बाँच्ने अधिकार राख्छन् । गिद्ध फर्किनु हाम्रो संरक्षण नीति सफल भएको प्रमाण हो”, उहाँले भन्नुभयो ।

व्यास नगरपालिकाको निरन्तर सहयोगले यो योजना सम्भव र सफल भएको केन्द्रका अध्यक्ष सापकोटाले बताउनुभयो । गौ संरक्षण केन्द्र स्थापनापछि दैनिक नौ प्रजातिका करिब एक सय गिद्ध देखिन थालेका छन् । राज, हिमाली, घाँटी खुइलेदेखि स्थानीय प्रजातिका गिद्ध देख्न सकिने उहाँले जानकारी दिनुभयो ।

सापकोटाले भन्नुभयो, “नगरपालिकाले नसोचेको ठाउँमा पनि सोचेर काम गरेको छ । जसले पर्यावरण र जनजीवन दुवैलाई सन्तुलित बनाउने भूमिकामा उभिएको छ ।” गाई तथा गोरुको मलमूत्र र कुहिने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गरिएको छ, जसले केन्द्रलाई स्वावलम्बी पनि बनाएको उहाँको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले बिरामी गाईको उपचार र औषधि सहयोग गर्दै आएको छ । केन्द्रको यस्तो सहयोगले मरेका गाईको सिनो सुरक्षित बनाउन चिकित्सकको सल्लाहमा औषधिको मात्रा मिलाइन्छ, जसले गिद्धको स्वास्थ्य र प्रजननमा योगदान पु¥याउनेछ ।

व्यास-५ ढोडेनीस्थित माँ अम्बे अलौकिक कृषि फार्मकी सञ्चालिका कल्पना गौलीले व्यास नगरपालिकाको दीर्घकालीन अभियानलाई सहयोग पुर्‍याउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गौ संरक्षण केन्द्रले जैविक विविधता र पर्यावरण संरक्षणमा टेवा पुगेको छ । गिद्धले वातावरण सफा र सन्तुलित राख्ने काम गर्छ । व्यास नगरपालिकाको यस प्रयासले तनहुँ मात्रै नभएर देशका सम्पूर्ण पालिकालाई प्रेरित गरेको छ ।”

केन्द्र सञ्चालनपश्चात् जिल्लाबाट हराइसकेको गिद्ध अहिले बथानसहित फर्किएको छन् । जुन नगरपालिकाको दुरदर्शी सोचको नतिजा हो । व्यास नगरपालिकाको यो प्रयासले धार्मिक पर्यटन, हरित विकास र वन्यजन्तु संरक्षण तीनै क्षेत्रलाई जोड्दै तनहुँलाई ‘इको–मोडल’ नगरपालिकातर्फ अघि बढाएको छ । तनहुँ जलविद्युत् आयोजनाले गिद्ध संरक्षणमा टेवा पुगोस् भनेर सामाजिक उत्तर दायित्वअन्तर्गत गिद्ध बस्नका लागि अग्ला खम्बाको व्यवस्था गरिएको छ ।

गिद्धलाई बस्न सहज होस् भनेर खम्बा बनाइए पनि विद्युतीय खम्बामा गएर बस्दा कतिपय गिद्ध करेन्ट लागेर मर्ने गरेका स्थानीय बताउँछन् । अहिले आउन थालेका गिद्धको संरक्षणका लागि विद्युतीय तारलाई नाङ्गो रहेकाले त्यसको व्यवस्थापनमा सहयोग गर्न स्थानीयको आग्रह छ ।