१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने



अ+ अ-

काठमाडौँ।  भारत र श्रीलङ्कामा आयोजना हुने पहिलो संस्करणको महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले सहभागिता जनाउने भएको छ ।

दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको नेपाल दृष्टिविहीन क्रिकेट सङ्घले जनाएको छ । सङ्घका अनुसार पहिलो संस्करणको उक्त च्याम्पियनसिप आगामी नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलङ्कामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलङ्का र इङ्ल्यान्डको सहभागिता रहनेछ ।

आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । उक्त खेल नोभेम्बर १२ तारिखमा हुनेछ । त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्नेछ ।

नेपाली टोलीले नोभेम्बर १५ तारिखमा इङ्ल्याण्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । यी सबै खेल भारतमा नै हुनेछ । त्यसपछि नेपाली टोली श्रीलङ्का पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा श्रीलङ्काको कोलम्बोमा हुने जनाएको छ । रासस