७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा धानवाली भित्र्याउने चटारो



अ+ अ-

भक्तपुर। तिहार सकिएलगत्तै भक्तपुरका किसान धानबाली भित्र्याउने चटारोमा छन् ।

शुक्रवार दिउँसो भक्तपुरस्थित ठिमी बोडेको धानबारीमा भेटिएका उनीहरुले आफूहरु बाली भित्र्याउने काममा व्यस्त रहेको बताएका हुन् । ठिमीकी सुनिता कोजुले खेतीबाली भित्र्याउने काममा आफूहरु व्यस्त रहेको बताउनु भयो । उहाँले सरकारले किसानहरुलाई खेतीवालीका लागि मल र बीउ सहज ढंगले उपलब्ध गराउन नसकेको गुनासो गर्नुभयो ।

सुनिता कोजुले भन्नुभयो, ‘अब खेती गर्नका लागि मलको भाउ कम हुनुप¥यो । मल, विउको समयमै व्यवस्था हुनुप¥यो । त्यसो भयो भने मात्रै खेती गर्न सहज हुन्छ ।’

यता बोडेका रामसुन्दर माखुले खेतीबालीका लागि मलको अभाव हुने गरेको गुनासो गर्नुभयो । उहाँले धानवाली भक्तपुरमा राम्रो हुने भएपनि मल र विउको अभावमा सोचेजस्तो उत्पादन गर्न आफूहरु सक्षम नभएको पनि बताउनु भयो ।  माखुले भन्नुभयो,‘यो दशैं अगाडि धान काटन शुरु हुन्छ । त्यही बेलादेखि आलु रोप्ने काम पनि शुरु हुन्छ । धानबालीको हेरचाह हामी आफैँ गर्छौं । मल बेलामा पाइँदैन । पैसा तिरेर पनि मल नपाउने समस्या छ ।’

भक्तपुरमा जेठको अन्तिम सातादेखि धान रोप्ने काम शुरु हुन्छ । असोजको अन्त्यबाट भने सो बाली भित्र्याउने काम शुरु हुने स्थानीय किसानले बताए । बोडेका स्थानीय किसान माखुले खेतीबालीका लागि उन्नतस्तरको बीउबिजनको पनि अभाव रहेको बताउनु भयो ।