३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो

पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो
अ+ अ-

पर्वत । पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

वर्षायाम सकिएलगत्तै दैनिकजसो दर्जनौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र अवलोकन गर्न पुग्ने गरेका हुन् । जलजलालाई विभिन्न क्षेत्रसँग जोड्ने व्यवस्थित पदमार्ग, सडक मार्ग र होटल तथा विश्रामस्थललगायत संरचना र आवश्यक पूर्वाधार बनेपछि पर्यटकीय याम सुरु हुनेबित्तिकै पर्यटकको आगमन बढ्ने गरेको हो ।

गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटमा पर्वतको मोदी गाउँपालिका–१ माटेबाट जलजलासम्म दुई किलोमिटर लामो ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयमार्फत सञ्चालित उक्त आयोजनाअन्तर्गत तीन ठाउँमा विश्रामस्थल पनि बनाइएको उपभोक्ता समितिका सचिव टीका पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यस पदमार्गले दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल थप गरिएको छ ।

समुद्री सतहबाट तीन हजार ३०० मिटर उचाइमा रहेको माटेबाट दुई हजार मिटर उचाइमा रहेको जलजलासम्मको यात्रामा अन्नपूर्ण र धवलागिरि हिमश्रृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । मृगलगायत जङ्गली जनावर पनि देख्न सकिन्छ ।

यसअघि व्यवस्थित बाटो नहुँदा पर्यटकले बाटो बिराउने र जोखिम मोल्नुपर्ने समस्या भएर पर्यटकको सङ्ख्या कम भए पनि अहिले सबैतिरबाट पूर्वाधार सम्पन्न भएपछि पर्यटकको सङ्ख्या बढ्दै जान थालेको समितिका सचिव पुनले जानकारी दिनुभयो ।

अहिले यहाँ पर्वत, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, काठमाडौँ, चितवनका जो पदयात्रा गर्न रुचाउँछन् । त्यस्ता पर्यटक बढी मात्रामा आउने गरेकोे जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।

पछिल्लो समय विभिन्न म्युजिक भिडियो र फिल्म छायाङ्कनका लागि कलाकार तथा सर्जकहरूको उल्लेख्य मात्रामा उपस्थित हुने गरेका छन् । केही दिनअघि पदयात्रा गर्दै हम्पाल लेक पुग्नुभएका वरिष्ठ मुटुरोग विशेषज्ञले यो क्षेत्र नेपालकै सुन्दर र रमणीय रहेको बताउँदै यसलाई पर्याप्त प्रचारप्रसार गर्नसके भविष्यमा लाखौँ पर्यटक भित्र्याउन सकिने प्रतिक्रिया दिनुभयो ।

यो पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा समेत बाह्य पर्यटकले प्रयोग गर्दै आएका छन् । अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँपुलदेखि घान्द्रुक र तिखेढुङ्गासम्म सडक विस्तार भएपछि बाह्य पर्यटकहरू यो पदमार्गमा हिँड्न थालेको पर्यटन व्यवसायी मनबहादुर भण्डारीले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८२र८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप रु २० लाख बजेटबाट जलजलाबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने उहाँको भनाइ छ । यसअघि वाइफाइडाँडामा आश्रयस्थल भवन र जलजलामा विद्युत् सुविधा पुर्‍याइएको थियो ।

हिन्दू धार्मिकग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको जलजला विभिन्न जडीबुटीले भरिपूर्ण जैविक विविधतायुक्तस्थल हो । यहाँको हम्पालमा धार्मिक पूर्वाधार र प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएका छन्भने पहाडका बीचमा रहेको सीमक्षेत्रमा बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना पनि अघि सारिएको छ । पर्वतको मल्लाज, शालिजा हुँदै जलजलासम्म कच्ची सडक पनि पुगेको छ ।

जलजलामा होटल व्यवसाय गर्दै आउनुभएका टीका पुनले दैनिकजसो बुकिङ गर्ने क्रम पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । चाडबाड सकिएपछि अझै पर्यटकको सङ्ख्या बढ्ने उहाँको अनुमान छ ।

पर्वतको भूकदेउरालीबाट कास्कीको घान्द्रुकसम्म नयाँ पुलबाट ‘ट्रेकिङ’ सुरु हुन्छ । सोही नयाँ पुल, पर्वतको डिमुवा, बनौँ, तारे, कास्कीका अन्य स्थान तथा म्याग्दीबाट पनि जान सकिने लामो दूरीको आकर्षक ‘ट्रेकिङ रुट’ हो पर्वतको हम्पाल क्षेत्र । समुद्र सतहबाट करिब तीन हजार मिटरको उचाइमा रहेको हम्पाल र माटे लेकको क्षेत्र पदयात्रामा जाने तथा उच्च भागसम्म सवारीमै पुगेर पनि प्राकृतिक सुन्दरताको अनुभूति लिन सकिने प्रख्यात क्षेत्र हो हम्पाल ।

लेकाली क्षेत्रमा मगर बस्ती हुँदै जान सकिने यो क्षेत्रमा पुग्नका लागि आकर्षक मानिएको एउटा ‘रुट’ कुश्मा नगरपालिका–१ पाङबाट जलजला गाउँपालिकाको बनौँ हुँदै मोदी गाउँपालिकाको क्याङमा जोडिएर जाने पदमार्ग हो ।

बनौँबाट केही मिनेटको दूरीमा रहेको क्याङको ठूली देउरालीमा पुगेर सवारी राखेपछि करिब तीन घण्टाको पैदलयात्राबाट हम्पाल क्षेत्रमा पुग्न सकिन्छ । केही विदेशी पर्यटकसमेत पदयात्रा गरिरहेको देखिने सिर्फु र आसपासका क्षेत्रबाट पनि ढुङ्गाले चिनेर बनाइएको सहज पदमार्ग हुँदै उक्त गन्तव्यमा पुग्न सकिन्छ ।