२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र परित्याग गर्दै सुनिल साह आजपा प्रवेश



अ+ अ-

रौतहट। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता सुनिल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

दिपावली, छठपर्वको अवसरमा आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा साहले आजपामा प्रवेश गरेका हुन ।

उधोग बाणिज्य महासंघ रौतहटका पुर्व सचीव समेत रहेका साहलाई आजपा अध्यक्ष प्रभु साहले टीका माला अबिर लगाएर पार्टीमा प्रवेश गराएका हुन ।

मुलुक र जनताको हितमा आजपाले लिएको नीति, बिचार र नेतृत्व राम्रो भएकालेे आफुले आजपामा प्रवेश गरेको साहले बताए ।

आजपामा पार्टी प्रवेश गर्दै उनले आजपाले मात्रै मुलुकको समस्या समाधान गर्न सक्ने बताए । पछिल्लो समय मुलुकमा देखिएको समस्या कांग्रेस, एमाले, माओवादी केन्द्रले लिएको गलत नीति र नेतृत्वका कारण भएको बताउदै उनले कांग्रेस, एमाले, माओवादी अब विघटन गर्नुपर्ने बताए ।