३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

दिग्गज अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन

दिग्गज अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन
अ+ अ-

एजेन्सी । ब्लकबस्टर फिल्म शोले मा “अंग्रेजको जमानाका जेलर” को भूमिका निभाएका अभिनेता गोवर्धन असरानीको सोमबार दिउँसो १ बजे निधन भएको छ ।

८४ वर्षको उमेरमा उनले अन्तिम सास लिएका हुन् । चार दिनअघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले प्राण त्यागे । उनका फोक्सोमा पानी भरिएको बताइएको छ । अभिनेता असरानीको निधनको पुष्टि उनका म्यानेजर बाबुभाई थिबाले दिएका थिए ।

निधनको खबर लुकाएर राख्ने थियो उनको अन्तिम इच्छा

बाबुभाई थिबाका अनुसार असरानीले निधन हुनु अघि आफ्नी श्रीमतीसमक्ष इच्छा व्यक्त गरेका थिए कि आफ्नो मृत्युको खबर तत्काल सार्वजनिक नगरियोस् । उनी हंगामा चाहँदैनथे । उनले भनेका थिए— अन्त्येष्टि सकेर मात्रै सबैलाई खबर गर्नू । त्यसैले निधनपछि तुरुन्तै सान्ताक्रूजस्थित शांतिनगर शवदाह गृहमा उनको अन्त्येष्टि गरियो । अन्त्येष्टि कार्यक्रममा परिवारका जम्मा १५–२० जना मात्र उपस्थित थिए ।

निधनअघि केही घण्टा अघि नै पोष्ट गरे ‘दिवाली’ शुभकामना

सोमबार दिउँसो असरानीको आधिकारिक सामाजिक सञ्जाल खाताबाट एक पोष्ट गरिएको थियो, जसमा उनले सबैलाई दिवालीको शुभकामना दिएका थिए । असरानीले आफ्नो अभिनय जीवनमा करिब ३५० वटा फिल्ममा अभिनय गरेका छन् । तीमध्ये शोले, अभिमान, चुपके–चुपके, छोटी सी बात, भूल भुलैया जस्ता फिल्महरू प्रमुख छन् ।

शोले मा उनको संवाद— “हम अंग्रेजों के जमाने के जेलर हैं”— अत्यन्त चर्चित भयो । असरानीले भनेका थिए, “आज पनि मानिसहरूले मलाई ‘जेलर’ भनेर नै चिन्छन् ।”

अन्तिम अन्तर्वार्तामा भनेका थिए— “यो चरित्रको जित हो”

अन्तिम अन्तर्वार्तामा असरानीले भनेका थिए—
“म जनवरीमा कोटाको नजिक एउटा गाउँमा सुटिङ गर्दै थिएँ । गाउँका सबै मानिसहरू हेर्न जम्मा भए । एक चार वर्षकी सानी केटी आमा सहित भेट्न आएकी रहिछे । मलाई लाग्यो, सानी बच्चीले के चिन्न सक्छ र१ तर ऊ मलाई देख्ने बित्तिकै भनिन्— ‘वो असरानी जेलर’। मलाई लाग्छ, यो एउटा चरित्रको जित हो ।”

असरानीको अभिनय यात्राको एक नजर

१ जनवरी १९४१ मा जयपुरमा जन्मिएका असरानीका बुबाको कार्पेटको पसल थियो । बुबाले सन्तानले व्यापार सम्हालोस् भन्ने चाहन्थे, तर असरानीलाई फिल्ममा रुचि थियो । उनले जयपुरको राजस्थान कलेजबाट स्नातक गरे र अध्ययन खर्चका लागि अल इण्डिया रेडियो मा भ्वाइस आर्टिस्टको काम गर्थे ।

सन् १९६० मा उनले ‘साहित्य कलाभाई ठक्कर’ संस्थामा अभिनय सिके र १९६२ मा कोर्स सकेपछि मुम्बई गए, तर काम पाइएन । १९६३ मा किशोर साहू र ऋषिकेश मुखर्जीले उनको प्रतिभा देखे र प्रोफेसनल अभिनय सिक्ने सल्लाह दिए ।

त्यसपछि १९६४ मा असरानीले पुणेको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटमा प्रवेश लिए । १९६६ मा कोर्स सकेर उनलाई हरे काँच की चूड़ियां फिल्ममा कामको अवसर मिल्यो, जुन १९६७ मा रिलिज भयो । त्यसपछि ऋषिकेश मुखर्जीले उनलाई १९६९ को फिल्म सत्यकाम मा भूमिका दिए, जसले उनलाई परिचित गरायो । सन् १९७१ मा रिलिज भएको फिल्म गुड्डी बाट उनी सफल भए र त्यसपछि लगातार फिल्महरू पाउन थाले ।

राजेश खन्नासँग २५ वटा फिल्म

फिल्म बावर्ची मा असरानीले राजेश खन्नासँग काम गरेका थिए । सेटमा दुवैबीच गहिरो मित्रता भयो । राजेश खन्नालाई असरानीको काम यति मन पर्यो कि उनले आफ्ना धेरै फिल्महरूमा असरानीलाई कमेडियनको रूपमा कास्ट गर्न आग्रह गर्थे । यसरी असरानीले राजेश खन्नासँग करिब २५ वटा फिल्ममा अभिनय गरे ।

त्यसैगरी अमिताभ बच्चनसँग पनि उनले अभिमान (१९७३) मा ‘चन्द्र’ र चुपके चुपके (१९७५) मा ‘प्रशान्त कुमार श्रीवास्तव’ को भूमिका निभाए । छोटी सी बात (१९७५) मा उनको ‘नागेश शास्त्री’ पात्र पनि निकै चर्चित रह्यो । तर शोले (१९७५) मा बोलेको “अंग्रेजों के जमाने के जेलर” संवादले उनलाई अमर बनायो ।

पछिल्ला फिल्महरू

असरानीलाई अन्तिम पटक सन् २०२३ मा रिलिज भएका ननस्टप धमाल र ड्रीम गर्ल २ मा देखिएको थियो । उनी सलमान खानसँग बडीगार्ड, क्यों की, अक्षय कुमारसँग दे दना दन, खट्टा मीठा, वेलकम, भूल भुलैया, भागम भाग लगायत दर्जनौँ फिल्ममा देखिएका थिए ।

आगामी दिनहरूमा उनी एकता जैनसँगको फिल्म खली–बली मा देखिने तयारीमा थिए । साथै अक्षय कुमार अभिनित फिल्म भूत बंगला र हैवान मा पनि उनी देखा पर्नेछन्, जसको सुटिङ केही समयअघि मात्रै सकेका थिए ।