२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत चुहावट हुँदा युवकको मृत्यु



अ+ अ-

सप्तरी। विद्युत चुहावट (करेन्ट) भएर सप्तरीको विष्णुपुर गाउँपालिक–३, मुसहर्नियामा आज युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीयका दिलीपकुमार मण्डल रहेको प्रहरीले जनाएको छ  ।

सप्तरी प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार आफ्नै बारीमा पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।