११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप
अ अ+ अ-

गाजा। हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा इजरायली सेनाले यस क्षेत्रको दक्षिणमा हवाई आक्रमण गरेको इजरायली सेनाले बताएको छ ।

यद्यपि हमासले युद्धविरामको पालना गरेको दाबी गरेको छ । हमासका अधिकारीले इजरायलले आक्रमण पुनः सुरु गर्न ‘बहाना’ बनाएको आरोप लगाएका छन्।

हमास र इजरायलबीच आक्रमणको आरोप प्रत्यारोप लगाइरहँदा गाजा युद्ध रोक्न नौ दिन पहिले गरिएको युद्धविरामलाई दुबै पक्षले यदाकदा उल्लङ्घन गरेका देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सुरक्षा फौजलाई गाजा पट्टीमा रहेका आतङ्कवादी लक्ष्यविरुद्ध कडा कारबाही गर्न निर्देशन दिनुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा अक्टोबर १० देखि लागू भएको प्यालेस्टाइन क्षेत्रमा भएको युद्धविरामले इजरायल र हमासबीच दुई वर्षभन्दा बढी समयदेखि जारी विनाशकारी युद्ध रोकेको छ।

सम्झौताले बन्धक र कैदी आदानप्रदान गर्ने सहमति अनुप नै दुबै पक्षबाट बन्धी आदानप्रदान गरेका छन् ।bइजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान आतङ्कवादीहरूले एन्टी ट्याङ्क मिसाइलहरू प्रहार गरेका र सम्झौताका सर्तहरू अनुसार राफा क्षेत्रमा आतङ्कवादी पूर्वाधारहरू नष्ट गर्न सक्रिय आइडिएफ सेनामाथि गोली चलाएका छन्।”

“आइडिएफले राफा क्षेत्रलाई लक्षित गर्दै लडाकू विमान र तोपखानाको प्रयोग गरी जवाफ दिएको छ,” विज्ञप्तिमा भनिएको छ। यसअघि इजरायली सेनाका एक अधिकारीले हमासका लडाकुहरूले इजरायलको नियन्त्रणमा रहेको इलाकामा रहेका सेनामाथि ‘धेरै आक्रमण’ गरेको बताएका थिए।

प्यालेस्टिनी प्रत्यक्षदर्शीका अनुसार इजरायलको नियन्त्रणमा रहेको दक्षिणी शहर राफामा झडप भएको थियो । नाम उल्लेख नगर्ने सर्तमा एक ३८ वर्षीय प्रत्यक्षदर्शीले भने, “हमास र अबु शबाब भनेर चिनिने स्थानीय प्यालेस्टिनी समूहबीच लडाइ भइरहेको समय ‘इजरायली सेनाको ट्याङ्क’को उपस्थितिबाट हमासअ लडाकू छक्क परेका थिए।”

उनले भने, “इजरायली वायुसेनाले दुई पटक हवाई आक्रमण गरेको थियो ।” प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सरकारका मन्त्रीहरूसँग बैठक गरेपछि झडप सुरु होे। केही मन्त्रीहरूले इजरायली सेनालाई प्यालेस्टाइनी लडाकू समूहविरुद्ध युद्ध पुनः सुरु गर्न आह्वान गरेपछि आक्रमण सुरु भएको हो । (रासस/एएफपी)