२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री बानियाँद्वारा तलब भत्ता वापतको रकम विपन्नलाई



फाइल फोटो
अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले आफू गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “हामीले राजनीति मानवता र मानवको सेवाका लागि गर्ने हो,” उहाँले भन्नुभयो, “नेता बिपी कोइरालाले भन्नुहुन्थ्यो, गरिबलाई न्याय र  आयको सिद्धान्तलाई अङ्गीकार गरेर अघि बढिरहेका छौँ ।”

बिपीको त्यही भनाइअनुसार आफू सधैँ गरिब, विपन्न समुदायको हितमा काम गर्दै आएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले आफ्नो व्यक्तिगत लगानी र तलब भत्ता सुविधाबाट मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा थप दुईवटा घर निर्माण भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले पदभार ग्रहण गर्ने क्रममा आफ्नो तलब भत्ता सुविधाबाट मनहरी गाउँपालिकाका एक जना विपन्नलाई घर बनाई दिने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार रु चार लाख ६५ हजारमा तीनवटा कोठा, शौचालय, बत्ती र पानीसहितको सुविधासम्पन्न घर निर्माण गरी आज एकल महिला मिठुमाया सुनारको हस्तान्तरण गरिएको हो ।

सो अवसरमा मुख्यमन्त्री बानियाँले बाख्रापालन गरी जीविकोपार्जन गर्दै आउनुभएका  सुनारलाई रु २० हजार नगद आर्थिक सहयोगसमेत प्रदान गर्नुभयो । रासस




भर्खरै