१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएल अक्सनप्रति कटाक्ष गर्दै ए डिभिजन खेल्ने चार क्लबले जनाए असन्तुष्टि



अ+ अ-

काठमाडौं । आसन्न नेपाल सुपर लिग (एनएसएल)का लागि गरिएको अक्सनप्रति कटाक्ष गर्दै सहिद स्मारक ए डिभिजन क्लबहरु न्यूरोड टिम (एनआरटी), मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार क्लब र संकटा क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) नियम विपरित काम गरेको बताएका छन् । 

राजधानीमा आइतबार चार क्लबले संयुक्त पत्रकार सम्मेलन गरेर सहिद स्मारक ए डिभिजन लिग चलिरहेकै अवस्थामा एनएसएलको मिति घोषणा गर्नु उपयुक्त नभएको र रोक्न भनिएको अक्सन हुनलाई क्लबले आलोचना गरेका हुन । क्लबसँग खेलाडीको सम्झौता बाँकी रहेकै अवस्थामा एनएसएलका लागि विना कुनै औपचारिक जानकारी विना खेलाडी अक्सन गर्नु नियम विपरित भएको भन्दै चारै क्लबले धारणा ब्यक्त गरेका हुन । 

खेलाडीसँगको सम्झौता बाँकी रहेको अवस्थामा क्लबहरुलाई जानकारी नदिई खेलाडी बोलकबोल गर्नु आपत्तिक जनक भएको थ्री स्टार क्लबका महासविच सञ्जीब शिल्पकारले बताएका हुन् ।

आपत्ति जनाउँदै पत्रकार सम्मेलन गरेका चार क्लबले आगामी मंगलबार बस्ने कार्यसमितिको बैठकमा छलफल गर्न माग राखेका छन् । यस्तै पत्रकार सम्मेलनमा सहभागी क्लबहरुले आफ्ना प्रतिनिधि एन्फा कार्यसमितिमा हुँदा पनि सम्बोधन गराउन नसके एन्फामा रहेको निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने बताए ।

यस्तै संकटा क्लबका महासचिव रमेश ध्वज बस्नेतले क्लबको मागलाई सम्बोधन नगरि अगाडि बढी थप अन्य कार्यक्रमका साथ आउने बताए ।

साथै एनएसएल आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट र एन्फाबीच भएको सम्झौता अनुसार आयोजकले संचालन गर्ने कार्यक्रमलाई एएफसी र फिफाबाट मान्यता प्राप्त गर्नका लागि एन्फाले पहल गर्ने विषयमा उनीहरुले गम्भिर ध्यानाकर्षण भएको बताए । एनएसएलमा सहभागी क्लबहरुले प्रक्रिया नपु¥याएर नै एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाउने तथा क्लब लाईसेन्सिङको प्रतिक्रियामा जान नसक्ने भन्दै सम्झौता संकास्पद रहेको आरोप लगाएका हुन् ।