११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

४३ औँ कार्यपालिका बैठकः १५ वटा प्रस्ताव पारित

४३ औँ कार्यपालिका बैठकः १५ वटा प्रस्ताव पारित
अ अ+ अ-

काठमाडौँ। प्रन्ध वटा प्रस्ताव पारित गर्दै काठमाडौँ महानगरपलिको ४३औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गरेको हो ।

ब्ैठकले प्रशासन विभागका तर्फबाट कलङ्की मालपोत कार्यालयलाई रु १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई रु १५ लाख अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव, सामाजिक विकास विभागका प्रस्तावअन्तर्गत बालकल्याण अधिकारी तोक्ने र काठमाडौँ महानगरपालिका सीप तथा तालिम परिषद् स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि ऐन तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने तीन प्रस्ताव पारित गरेको हो ।

बैठकले कामपा वडा नं ५ टङ्गालस्थित व्यावसायिक भवन निर्माण तथा सञ्चालन, वडा नं १ दरबारमार्गस्थित शेर्पा मल भवन निर्माण तथा सञ्चालन र वडा नं १ कै नक्सालस्थित कुमारी बैंकको संस्थागत भवन निर्माण तथा सञ्चालनका प्रस्तावहरू पनि स्वीकृत गरेको छ । अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयले सिटिनेटद्वारा इन्डोनेसियामा आयोजना हुने ४५औँ सिटिनेट एक्सक्ल्युसिभ कमिटी मिटिङमा सहभागिताका लागि वडा नं १६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई मनोनयन गरेको प्रस्ताव अनुमोदन गरिएको छ ।

सहरी योजना आयोग सचिवालयका तर्फबाट सुरज शाक्य र सुमन प्रधानलाई सहरी योजना आयोगका सदस्यका रूपमा नियुक्त गर्ने प्रस्ताव स्वीकृत भएको छ । बैठकबाट कानुन तथा मानवअधिकार विभागले तयार गरेको राष्ट्रिय सभागृह सञ्चालन निर्देशिका, २०८२ स्वीकृत गरिएको छभने सूचना प्रविधि विभागका तर्फबाट सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव पारित भएको छ ।

त्यसैगरी, बैठकमा सार्वजनिक निर्माण विभागले हनुमानढोका दरबार परिसर र डबली क्षेत्रअन्तर्गत भइरहेका मर्मत कार्यहरूमा बाँकी कामको परिमाण माग र आवश्यकताअनुसार अन्य स्थानमा स्थानान्तरण गर्ने निर्णय र विविध प्रस्तावअन्तर्गत ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि प्रतिपालिका रु २२ लाख ९९ हजारका दरले अनुदान सहायता उपलब्ध गराउने र यन्त्र तथा उपकरण महाशाखामा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीलाई वार्षिक एप्रोन सुविधा वृद्धि गरी रु हजार प्रदान गर्ने निर्णय पारित भएको छ ।

स्वास्थ्य विभागतर्फबाट काठमाडौँ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीचको सम्झौता नवीकरण गर्ने र स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा थप जनशक्ति व्यवस्थापन गर्ने प्रस्ताव स्वीकृत गर्ने महानगरको निर्णय छ । ती केन्द्रहरूमा एक जना मेडिकल अधिकृत, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगीको व्यवस्था गरिने निर्णय भएको छ ।

बैठकमा वडाध्यक्षहरूले यही भदौ २४ गते सिंहदरबारमा आगो लाग्दा महानगरपालिकाको दमकल कहाँ थियो भन्दै प्रश्न गरेका थिए । वडाध्यक्षहरूले राख्नुभएको प्रश्नको जवाफ दिँदै महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले भदौ २४ गते बेलुका ८ बजेर १५ मिनेटमा सिंहदरबार प्रवेश गरेर आगो निभाउन अथक प्रयास गरेको बताउनुभएको थियो । रासस