११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जेनजी प्रदर्शनका क्रममा घाइते भएकालाई भैपरी खर्च

जेनजी प्रदर्शनका क्रममा घाइते भएकालाई भैपरी खर्च
अ अ+ अ-

चितवन। जेनजी प्रदर्शनका क्रममा घाइते भएका बिरामीलाई लक्षित गर्दै राज्यले भैपरी खर्च उपलब्ध गराउन लागेको छ ।

सोहीअनुसार प्रदर्शनका क्रममा जिल्ला र जिल्ला बाहिर भएका झडपमा परेका जिल्लावासीलाई भैपरी खर्च उपलब्ध गराउन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा भैपरी खर्च र परिचयपत्र वितरणको काम थालिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएका बिरामीले टिकट÷पुर्जी ÷डिस्चार्ज कागजात÷उपचार खर्चको बिल भर्पाई, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल), फोटो दुई थान र घाइतेको नाममा रहेको बैंक खाता खुल्ने चेकको प्रतिलिपि लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

परिचयपत्रको अभिलेखमा हस्ताक्षर र औँठाछाप गर्नुपर्ने भएकाले घाइते स्वयम् उपस्थित हुन उहाँले आग्रह गर्नुभयो । यो परिचयपत्र प्राप्त गरेका व्यक्तिले राज्यबाट बिभिन्न किसिमका सुविधा प्राप्त गर्नसक्ने छन् ।

चितवन जिल्ला स्थायी ठेगाना भएर अन्य जिल्लामा घाइते भएकालाई समेत यस कार्यालयबाट भैपरी खर्च र परिचयपत्र वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा चितवनमा १२३ जना घाइते भएको विवरण कार्यालयसँग छ ।

गृह मन्त्रालयले चितवनसहित अन्य जिल्लामा भएका घाईतेहरु १४२ जनामा नामावलीसहित भैपरी खर्चबापत रु २० हजारका दरले खर्च पठाएको उहाँले बताउनुभयो ।

प्रदर्शनका घाइतेहरूको नामावली छुटेको अवस्था रहेको भए पुनः गृह मन्त्रालयमा पठाउने गरी काम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।

अहिले राज्यले प्रारम्भिक चरणमा भैपरी खर्च र परिचयपत्रको व्यवस्था गरेको जनाउँदै उहाँले जेनजी प्रतिनिधिहरूको उपस्थितिमा दुवै काम गरिने उल्लेख गर्नुभयो ।