११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

वीरगञ्जमा फोहर प्रशोधन प्लान्ट निर्माण गरिने

वीरगञ्जमा फोहर प्रशोधन प्लान्ट निर्माण गरिने
अ अ+ अ-

पर्सा। वीरगञ्ज महानगरको फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा फोहर प्रशोधन प्लान्ट निर्माण गरिने भएको छ ।

फोहरमैलाको दिगो र वातावरणमैत्री व्यवस्थापनका लागि फोहर प्रशोधन केन्द्र बनाउन लागिएको हो । प्लान्ट निर्माणका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिबीच आज यहाँ त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरलाई फोहरमैलामुक्त र हरित सहर बनाउन यो सम्झौताले अर्थ राख्ने बताउनुभयो । “यो परियोजनाले प्लास्टिकजन्य फोहर व्यवस्थापनमा नयाँ युगको सुरुआत गर्नेछ”, उहाँले भन्नुभयो, “अब फोहरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ ।”

प्रमुख सिंहले डम्पिङ साइटमा निर्माण हुन लागेको नयाँ फोहर प्रशोधन प्लान्टले सहरभरिबाट सङ्कलित फोहरबाट प्लास्टिक छुट्याएर पुनःप्रयोगमा ल्याउने र जैविक फोहरबाट मल उत्पादन गर्न सघाउ पुग्ने दाबी गर्नुभयो ।

सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनले वीरगञ्जलाई स्वच्छ र हरितयुक्त सहर बनाउन सो योजनाले सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

“यो परियोजना सम्पन्न भएपछि वीरगञ्ज ‘फोहरमुक्त, स्वच्छ र हरित सहर’ बन्ने दिशामा ठोस र दीर्घकालीन कदम अघि बढ्नेछ”, उहाँले भन्नुभयो, “हाम्रो उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत यो लगानी गरेको हो । नाफामुखी व्यापारसँगै हामी समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहन्छौँ ।”

सम्झौताअनुसार, महानगरको फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा फोहर प्रशोधन प्लान्ट निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि उक्त प्लान्ट वीरगञ्ज महानगरलाई हस्तान्तरण गरिनेछ । रासस