काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । आइतबार सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
२०७९ पुस १० गते फ्लाई दुबईको उडान एफजेट०५८७ बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेशमा ७३० थान भेपमा लुकाइएका ८ करोड ५५ लाख रुपैयाँ बराबरका सुन बरामद भएका थिए । उक्त सुन भन्सारका नासु रेवन्त खड्कालगायतको मिलेमतोमा बेचिएको अनुसन्धानले देखाएको छ ।
सुन छुटाउन दबाब दिएको आरोप महरामाथि लागेको थियो । यसअघि उनका छोरा राहुल महरा सोही प्रकरणमा पक्राउ परेर कारागार चलान भइसकेका छन् ।
त्रिभुवन विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ नागरिकहरूसँग महरा र उनका छोराबीच निरन्तर सम्पर्क रहेको कल रेकर्ड पनि सार्वजनिक भएको छ । सीआईबीले हाल महरालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।











