९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुलु फार ईस्ट हिमालमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराइयो



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका सात सदस्यीय आरोहण टोलीले मनाङस्थित दामोदर हिमश्रृंखलामा पर्ने चुलु फार ईस्ट हिमाल (६,०३८ मिटर) सफलतापूर्वक आरोहण गरी संस्थाको झण्डा फहराएका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगीको नेतृत्वमा रहेको टोलीमा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल, सशस्त्र प्रहरी निरीक्षकहरू निर्मल बस्नेत र रवि खकुरेल, सशस्त्र प्रहरी नायव निरीक्षक दन्त बहादुर छन्त्यालसहित अन्य दुई जना सशस्त्र प्रहरी कर्मचारी सहभागी थिए ।

टोलीले असोज २५ गते विहान ७ बजे हिमालको शिखरमा पुगेर सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यो आरोहणलाई सशस्त्र प्रहरी बलले शारीरिक क्षमता, सहनशीलता र राष्ट्रिय गौरवसँग जोडिएको उपलब्धिका रूपमा लिएको छ ।

चुलु फार ईस्ट हिमाल मनाङ जिल्लाको दामोदर हिमश्रृंखलामा अवस्थित लोकप्रिय आरोहण गन्तव्य हो, जसको उचाइ ६,०३८ मिटर रहेको छ ।