७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?

सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?
अ+ अ-

काठमाडौँ । पछिल्ला दिनहरुमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाईतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो साता लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीवार पनि तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भयो । जुन अहिलेसम्मकै उच्च हो ।

यो साता सोमवार २५ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलवार २३ सयले उकालो लागेको थियो । बुधवार पनि २६ सयले बढ्दै सुन प्रतितोला २ लाख ३८ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यसरी सुनको भाउले दिनदिनै रेकर्ड तोड्दै जानुका कारणहरु आन्तरीक भन्दा पनि वाह्य कारण बढी रहेको सुनचाँदी व्यवसायीहरु बताउछन् । उनीहरुकाअनुसार सुनको भाउ कोभिडयता नै निरन्तर बढ्दै गएको छ । यो कहीलेसम्म बढिरहने हो भन्न सकिने अवस्थै छैन् । रुस–युक्रेन युद्धदेखि, अन्य ठूला शक्ति राष्ट्रबीच संघर्ष चर्किंदा सुनको भाउ झन् पनि झन् बढ्दै गएको व्यवसायीको बुझाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य रुस–युक्रेन, इजरेल–हमासको युद्ध र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वका कैयौँ देशमा लगाएको करका कारण सुनको भाउ उच्च भएको बताउनु भयो । उहाँकाअनुसार भारतलाई अमेरिकाले ट्यारिफ बढाएलगत्तै भारतको अर्थतन्त्र डामाडोल हुनपुग्यो । भारतले शरण माग्नुपर्ने भयो । उसले रसियासँग शरण माग्यो । रसियाले चाइनासँग सहकार्य गरिसकेपछि, अहिले भारत, चाइना, रसिया, ब्राजिल जस्ता देशहरूले ब्रिक करेन्सी निकाल्न लागेका छन् । उनीहरुले अमेरीकालाई काउन्टर दिन खोज्दा त्यसको असर सुनचाँदीको भाउ सम्मै पुगेको बज्रचार्य बताउनुहुन्छ ।
उहाँकाअनुसार अब ब्रिक करेन्सी  आउने भएपछि डलरको भाउ चाहिँ खस्किने देखिन्छ । डलर किन राख्ने भनेर अहिले नेपाल, चाइना र इन्डियाले आफूसँग संचित भएको डलर फाल्दै सुनजम्ममा गरेका कारण सुन बजारमा अभाव भएको छ । अरु युरोपियन देशहरू लगायतका अरु देशहरूको रिजर्भ बैंकहरूले पनि  सुनको अभाव रहेको र उनीहरु पनि सुन जम्मा गर्नतर्फ लागेका छन् ।

उपाध्यक्ष बज्रचार्यले भन्नुभयो–‘बजारमा अहिले सुन अभाव भो । इन्भेस्टरहरू बजारमा आए । बजारमा सुन अभाव भो । त्यस कारणले यो अहिले चाहीँ पछिल्लो दिनमा यसरी बढेको हो । यो बढ्दै गर्दा यो भाउ यति धेरै बढ्दैन भन्ने संकेत बिचमा एकचोटि आएको थियो । तर फेरि अमेरिकन फेडरल रिजर्भ बैंकले जुन ब्याजदर राखेको थियो र ट्रम्प सरकारले त्यहाँ पनि हस्तक्षेप गरेर अमेरिकन फेडरल रिजर्भ बैंकलाई चाहिँ ब्याजदर घटाउन चाहिँ दबाब दिएको अवस्था र पछिल्लो पटक २५% ब्याजदर घटेको पनि छ । र यो ब्याजदर अझ घट्न सक्ने सम्भावना  देखिएको छ । त्यो कारणले गर्दाखेरि पछिल्लो चोटी ड्राष्टिक रुपमा सुनको भाउ चाहिँ माथि गएको हो ।’

उहाँकाअनुसार अबका दिनहरूमा सुनको मूल्य अझै माथि पुग्छ । बजारमा सुनको अभाउ हुँदासम्म यसको माग उच्च हुनेछ ।  एउटा बिन्दुमा पुगेपछि सुनको भाउ घट्ने उहाँ बताउनुहुन्छ ।

सुनमा लगानी गर्ने बढ्दै 

पछिल्ला दिनमा सुनमा लगानी गर्नेहरु बढिरहेको बज्रचार्य बताउनुहुन्छ । उहाँकाअनुसार आवश्यक पर्ने व्यक्तिहरूले भन्दा पनि आवश्यक नपर्ने व्यक्तिहरूले सुन किनिरहेका छन् । नेपाली रुपैयाँको त्यसै पनि भ्यालु छैन । भोलि डलरको नि भ्यालु नहुन सक्छ र सुनको मात्र भ्यालु हुने रहेछ, भनेर अहिले सर्ट टर्मको लागि सुनमा इन्भेस्ट गर्ने र त्यो पछि फेरी बेचेर त्यसबाट पैसा कमाउने  बढेको उहाँको भनाइ छ ।

नेपालमा ढिका सुन राख्न पाउने प्रावधान छैन, त्यो नहुँदा गहना बनाएर राख्नेहरु बढेको बज्रचार्य बताउनुहुन्छ । उहाँकाअनुसार दसैँ अगाडिदेखि मात्र यसरी गरगहना बनाएर राख्नेहरुको  चहलपहल देखिएको हो होइन भने नेपाली जनताहरूको क्रयशक्ति त्यति धेरै राम्रो नभएकाले त्यस्तो चहलपहल थिएन ।  महासंघका प्रथम उपाध्यक्ष बज्रचार्य जसरी सुनको भाउ बढेको छ । त्यसैगरी घट्न पनि सक्छ । त्यसले आफुलाई आवश्यक पर्ने सुनहरू खरिद गर्न राम्रो नै हुन्छ । अलिकति शर्ट टर्म लगानी गरेर क्यास गर्छु भन्ने हिसावले लगानी गर्नेहरुले कमाउन सक्छन् ।

केही लगानीकर्ताले सुनचाँदीमा रकम खर्चेपनि सामान्यतया सुनचाँदी पसलहरुमा उपभोक्ताको भीड देखिँदैन । बानेश्वरमा रहेको एसआर ज्वेलर्सका सञ्चालक सिताराम गहतराजले सुनचाँदीको भाउ आकासिएपछि पहिलेको तुलनामा कारोबार धेरै कम भइरहेको बताउनु भयो ।  उहाँकाअनुसार अन्तर्राष्ट्रिय बजारमै मुल्य वृद्धि भएका कारण त्यसको असर व्यवसायमै परेको छ । सञ्चालक गहतराजले भन्नुभयो–‘पहिले जस्तो सुनचाँदीको कारोबार छैन् । आर्थिक मन्दी , आन्दोलनले गर्दा पनि उपभोक्तालाई मार नै परिरहेको छ  । क्रयशक्ति घटेका कारणले व्यवसाय उत्साहजक छैन् ।’

उहाँकाअनुसार चाडपर्वको बेला सिजन भएकाले नयाँ सुन भन्दा पनि पुराना भएका गहनालाई मिलाएर बनाउने काम उपभोक्ताले गरेका छन् । सरकारले करका नाममा अतिरिक्त कर लगाएका कारण त्यसको असर बजारमा देखिएको गहतराजको भनाइ छ ।